
पाल्पा । १० दिनदेखि घरबाट बेपत्ता भएकी पाल्पाकी एक वृद्धा महिलाको शव पाल्पाको जंगलदेखि तल भिरमा बिहीवार साँझ फेला परेको छ । जिल्लाको रामपुर नगरपालिका-१० वर्दलेकी ९१ वर्षीया वृद्धा धर्मकुमारी न्यौपानेको शव सोही वडाको जलबिरे सामुदायिक बनको भिरदेखि तल करिव ३ सय मिटर दूरीमा फेला परेको हो ।
माघ ३ गतेदेखि घरबाट बेपत्ता भएकी उनको खोज तलास गर्ने क्रममा उक्त भिरमा बिहीवार साँझ ४ बजे शव फेला पारिएको प्रहरीले जानकारी दिएको छ । उक्त घटनाको थप अनुसन्धान भइरहेको पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।