सुन्दरहरैचा नगरपालिका-४ बलियास्थित श्रेष्ठ होटल एण्ड फेमिली होटलमा भएको बलात्कार घटनामा संलग्न रहेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उक्त होटलका सञ्चालक ३५ वर्षीय अर्जुनकुमार श्रेष्ठ, सोही ठाउँ बस्ने २५ वर्षीय सुरज श्रेष्ठ र झापाको मेचीनगर नगरपालिका-३ का २५ वर्षीय रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् । गत शुक्रबार ती महिलालाई इटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्याइदिन्छु भनी गाडीमा चढाएर उक्त होटलमा लगी बलात्कार गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल संचालक अर्जुन र सुरजलाई पक्राउ गरेको थियो । उक्त घटनामा संलग्न फरार रहेका सुधान्सुलाई मंगलबार इलाम सूर्योदय नगरपालिका-१२ तीनघरेमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजना उपर बलात्कार मुद्दामा आवश्यक कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
सामूहिक बलात्कारको आरोपमा तीनजना पक्राउ
सवालनेपालसंवाददाताशुक्रबार, १४ माघ २०७८

सामूहिक बलात्कारको आरोपमा तीनजना पक्राउ
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## घटना

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



