भूकम्पले क्षति भएको दोलखाको गौरीशङ्कर गाउँपालिका–२ जुँगु माझगाउँमा रहेको नीलकण्ठेश्वर महादेव मन्दिर अहिलेसम्म पुनर्निर्माण हुन नसक्दा नियमित पूजा तथा मेलामा समस्या भएको स्थानीयले गुनासो गरेका छन् । परापूर्व कालदेखि पूजा हुँदै आएको नीलकण्ठेश्वर महादेवको शिलालाई २०१७ सालमा स्थानीय नरध्वज कार्कीले मन्दिर बनाएर व्यवस्थित गरेका थिए । उक्त मन्दिर २०७२ सालको भूकम्पले क्षति भएपछि अहिले उक्त शिला खुला ठाउँमा रहेकाले नियमित पूजा तथा मेलामा समस्या भएको स्थानीय युवा भीष्म खड्का बताउनुहुन्छ । किंवदन्तिअनुसार जुँगु माझगाउँमा जिरेल जातिको किपट रहेको चौर थियो । उक्त चौरमा राजाको गोठहरु लाने प्रचलन रहेको थियो । ती गोठमा रहेका गाईमध्येको एउटा गाईले चौरको बीचमा नियमित दूध दिने गरेकी थिइन् । त्यसरी चौरको बीच भागको एकैठाउँमा गाईले नियमित दूध दिने गरेपछि स्थानीयले उक्त ठाउँमा उत्खनन् गरेर हेर्दा शिवलिङ्ग आकारको शिला फेला पारेका थिए । त्यसरी फेला पारिएको शिलालाई नीलकण्ठेश्वर महादेवका रूपमा पूजाआराधना गर्न थालिएको स्थानीय जेष्ठजनहरुको भनाइ रहेको छ । नीलकण्ठेश्वर महादेव मन्दिरमा शिवरात्रि, माघेसंक्रान्तिको अघिल्लो दिन, तीज र ठूलो एकादशीमा मेला लाग्ने गरेको छ ।लीकण्ठेश्वर महादेव मन्दिर र सँगैको देवीथान पुनर्निर्माण तथा पोखरी व्यवस्थापनका लागि गौरीशङ्कर गाउँपालिका–२ को प्राविधिकको सहयोगमा ४१ लाखको डीपीआर तयार गरिएको तर आवश्यक सहयोग जुट्न नसक्दा पुनर्निर्माणको काम अघि बढ्न नसकेको स्थानीय भीष्म खड्का बताउनुहुन्छ । वडाका प्राविधिकको सहयोगमा तयार गरिएको डीपीआर वडा कार्यालय, गौरीशङ्कर गाउँपालिका, वागमती प्रदेश सरकार र संघीय सरकारको सम्बन्धित मन्त्रालयमा दिइएको भए पनि हालसम्म कुनै पनि निकायले सहयोग नगरेको उहाँको भनाइ छ ।
पुनर्निर्माणको पर्खाइमा महादेव मन्दिर
सवालनेपालसंवाददाताशुक्रबार, १४ माघ २०७८

पुनर्निर्माणको पर्खाइमा महादेव मन्दिर
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

यो पनि पढ्नुहोस् »
आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्
बुधबार, २९ माघ २०८२
आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
शनिबार, ३२ साउन २०८२
चुम्लुङ दमकले मनायो ताम्भुङ्चा थिम्बे
मंगलबार, १६ माघ २०८१
गायत्री मन्दिरलाई साझा धरोहर बनाइने
आइतबार, १४ माघ २०८१
आज बकर इद पर्व : देशभरका मस्जिदहरुमा मनाइदै
सोमबार, ४ असार २०८१



