समय अनुसार बदलिनु पर्दछ भन्ने कथन सुन्नु भएको होला । यसैका कैयौँ उदाहरण अहिले सामाजिक सञ्जाल र इन्टरनेटमा समेत देख्न सकिन्छ । इन्स्टाग्राममा भाइरल एक विवाहको तस्बिर तथा भिडियोले यही कथनलाई चरितार्थ गरेको छ । समाजमा दोस्रो विवाहलाई प्रोत्साहित गरेको पाइँदैन जसका कारण डि, र्भाे, स भएका वा पार्टनरको मृत्यु भएका व्यक्तिले अर्काे विवाह गर्ने सोच बनाउँदैनन् ।
तर एक बालकले भने आफ्नो एकल महिलाको रुपमा रहदै आएकी आफ्नी आमाको विवाह गराएका छन् ।ती बालकले आफ्नी आमाको दोस्रो विवाह गराएर आमासहित आफूले अभिभावक पाएको र यसले दुबैमा खुसी दिने बताएका छन् । भिडियोमा, चर्चका फादर जस्तै ती बालकले माइकमा विवाह सम्पन्न भएको खबर सुनाए र क्रिश्चियन समुदायमा विवाह पछि हुने बेहुला बेहुलीबिचको चुम्बनको रीतिरिवाज समेत गर्न लाउँदै आमाको दोस्रो विवाह गराए ।
यो विवाह कहाँको हो, र विवाह गर्नेहरू को हुन् भन्ने खुलेको छैन । तथापि भिडियोलाई धेरैले मन पराएका छन् । साथै धेरैले बालकको सह्राना गर्दै भिडियोलाई सकारात्मक मानेको प्रतिक्रिया दिएका छन् ।
हेर्नुहोस् भिडियोसहित
https://www.instagram.com/reel/CQ_jg80J8l5/?utm_source=ig_embed&ig_rid=795e60ce-3bad-4c76-8730-f8a842c4d1e4










