प्रहरीले भारतसँग जोडिएको दाङको सिमावर्ती क्षेत्र कोइलाबास नाकाबाट अवैध हतियार बरामद गरेको छ । जिल्लाको गढवा गाउँपालिका–८ दुर्गा सामुदायिक वन भालुखोलास्थित सिमावर्ती क्षेत्रबाट एक नाल भरुवा बन्दुक बरामद गरिएको हो । भालुखोला जंगलमा नियमित गस्तीका क्रममा पुगेका सशस्त्र प्रहरीको टोलीले बन्दुक बरामद गरेको हो । कोइलाबास सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टका (विओपी) प्रमुख माधवप्रसाद ढुङ्गेलको कमाण्डमा खटिएको पैदल गस्तीले रुखको फेद मुनि लुकाइछिपाइ राखेको अवैध एकनाल भरुवा बन्दुक बरामद गरेको प्रहरीको भनाई छ । बन्दुक विभिन्न किसिमका चोरीपैठरी, वन्यजन्तुको तस्करी तथा अपराधिक क्रियाकलापमा प्रयोग भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
सीमावर्ती क्षेत्रमा भेटियो भरुवा बन्दुक
सवालनेपालसंवाददाताशुक्रबार, १४ माघ २०७८

सीमावर्ती क्षेत्रमा भेटियो भरुवा बन्दुक
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



