काठमाण्डाै – काेभिड १९ राेकथामका लागि काठमाण्डाै उपत्यकामा चल्ने सार्वजनिक गाडीमा लागू भएको जोर–बिजोर प्राणली हटेको छ ।

आज शुक्रवार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी सार्वजनिक गाडीमा जाेरबिजाेर प्रणाली हटाउने निर्णय गरेकाे हाे । निजी र ट्याक्सीबाहेकका साधनमा भने जाेरबिजाेर प्रणाली हटाइएकाे छैन ।

यसअघि आज नै कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक गाडीमा जोर–बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएकाे छ, त्यहीअनुसार यो निर्णय भएको हो ।

यस्तै सीसीएमसीसीले शैक्षिक संस्थाहरू माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । आज शुक्रवार बसेको सीसीएमसीसीको बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्नसमेत शिक्षा मन्त्रालयलाई सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।

यस्तै विश्वविद्यालयका परीक्षालाई स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्न अनुमति दिन बैठकले सिफारिस गरेको छ । साथै खोप केन्द्रहरूलाई व्यवस्थित गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि भएको प्रवक्ता नेपालको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
ksebecsekm.com