कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आगामी माघ मसान्तसम्म विद्यालय बन्दलाई निरन्तरता दिन सरकारलाई सिफारिस गरेको छ ।

सीसीएमसी व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले माघ मसान्तसम्म विद्यालयमा पठनपाठनमा लगाइएको रोकलाई निरन्तर राख्न सिफारिस गरेको छ ।सिसिएमसीका प्रवक्ता सुनिता नेपालका अनुसार केन्द्रले विद्यालय बन्दलाई थप १५ दिन लमब्याउन सिफारिस गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि सरकारले माघ १५ गतेसम्मलाई विद्यालयमा भैतिक उपस्थितिमा अध्ययन अध्यायपन बन्द गर्ने निर्णय गरेको थियो ।त्यस्तै बैठकले विश्वविद्यालयका परीक्षा स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन सिफारिस गरेको छ ।

त्यस्तै आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनो, क्लब, हेल्थ क्लब, जीमखाना, रंगशाला, संग्रहालय, पुस्तकालय, चिडियाखाना पनि माघ मसान्तसम्म बन्द गर्न बैठकले सिफारिस गरेको छ ।त्यस्तै सिनेमा हल, पार्टी प्यालेससहितका क्षेत्रलाई पनि माघ मसान्तसम्म बन्द राख्न सिफारिस गरेको छ ।