ओमिक्रोनपछि अब संक्रमणको नयाँ भेरिएन्ट निओकोभले विश्वमा चिन्ता बढाएको छ। यसबारे चीनको उहानका वैज्ञानिकले ठूलो दाबी गरेका छन्। उनीहरूका अनुसार यो भेरिएन्ट दक्षिण अफ्रिकामा फेला परेको हो। यसको संक्रमण र मृत्यु दर दुवै धेरै उच्च छ। यसले प्रत्येक तीन बिरामीमध्ये एक जनाको ज्यान लिन सक्छ। उहान त्यही सहर हो, जहाँबाट सन् २०२० मा कोरोना महामारी फैलिएको थियो।

रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार भने यो भेरिएन्ट नयाँ होइन। यो भेरिएन्ट मार्स कोभ भाइरससँग सम्बन्धित छ। यसका बिरामी पहिलोपटक पश्चिम एसियाली देशहरूमा सन् २०१२ र २०१५ मा भेटिएका थिए। यो निओकोभ भेरिएन्ट भर्खरै दक्षिण अफ्रिकामा चमेरामा देखिएको हो। पहिले जनावरमा पनि देखिएको थियो।

bioRxiv वेबसाइटमा प्रकाशित अनुसन्धानअनुसार निओकोभ र यसको सहयोगी भाइरस PDF-2180-CoV ले मानिसलाई संक्रमित गर्न सक्छ। उहान युनिभर्सिटी र चाइना एकेडेमी अफ साइन्सेसका शोधकर्ताहरूका अनुसार यो नयाँ भाइरसमा मानव कोशिकालाई संक्रमित गर्न केवल एक म्युटेसन भए पुग्छ।

अर्कातर्फ रुसको भाइरोलोजी र बायोटेक्नोलोजी विभागले भने अहिले यो भेरिएन्ट मानिसमा फैलिने सम्भावना कम रहेको बताएको छ। यसको सम्भाव्यता र जोखिमबारे अनुसन्धान गर्नुपर्ने उसले जनाएको छ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
ksebecsekm.com