
झापा कनकाई नगरपालिका-७, दुर्गापुरमा ट्र्याक्टरले किचेर शनिवार २ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुची दुलाल रहेको झापा प्रहरीले जनाएको छ ।
बुबा बालकृष्णले चलाएको मे१त ७५९ नम्बरको ट्र्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् । घरअगाडि पार्किङ गरेर राखिएको ट्रयाक्टर स्टार्ट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकी आरुची घाइते भएकी हुन् ।
उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।