
सरकारले बुस्टर खोपको मात्रा पहिले लगाएको खोपभन्दा फरक खोप दिने निर्णय गरेको छ । डब्लूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाह समितिको सिफारिसअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णयअनुसार बुस्टर खोपको मात्रा फरक खोपको दिने निर्णय गरिएको हो ।
बुस्टर मात्राको हकमा ६० वर्षभन्दा माथिका व्यक्तिलाई कोभिड १९ विरु,द्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनिका दिने ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको छ ।पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिन भनिएको छ ।
त्यस्तै, विदेशमा पहिलो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकाहरूलाई दोस्रो मात्राको रूपमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप प्रदान गर्ने निर्णय गरिएको नर्सिङ अधिकृत लक्ष्मी मरासिनी आचार्यले जनाकारी दिएकी छन् ।
थप् समाचार :खानालाई चपाउन दातको महत्वपूर्ण भूमिका रहेको हुन्छ । दातले व्यक्तित्वलाई समेत झल्काउँछ ।सफा र टम्म मिलेका दातले व्यक्तिलाई आकर्षक बनाउँछ । त्यसका लागि दातको उपयुक्त हेरचाह गर्न आवश्यक हुन्छ । नियमति दात माझ्ने र खाना खाएपछि सफा गर्ने वा कुला गर्नाले दातको रक्षा गर्न सकिन्छ ।यस्तो नगरेको खण्डमा दातमा समस्या देखा पर्छ । हामीले खाएको खानेकुरा दातामा अड्किँदा त्यसलाई किराले खाने हुनजान्छ ।
दाता किराले खाँदा निकै पीडा हुन्छ । त्यो धेरै जसो मानिसहरुले भोगेका हुन्छन् । यस्तो पीडालाई कम गर्नका लागि केही घरेलु उपायहरु पनि रहेका छन् । जसको प्रयोगले दुखाइको पीडालाई कम गर्न सकिन्छ । दुखाई समाधानको घरेलु उपचार:लसुनको एक पोटी थोरै बिरे नुनसंग पिसेर (पिधेर) दुखेको दाँतमा राम्रो संग थिचेर राख्यो भने दाँतको दुखाई हराउछ ।
– दिनहु एक केस्रा लसुन खाने राम्ररी चपाएर खाने गर्नाले दाँतको दुखाई बाट छुटकारा मिल्छ
– यदी दाँत किराले खाएको छ र दुखेको छ भने किराले खाएर दुखेको भागमा अलिकति हिङ राख्दा दाँतको दुखाई धेरै हद सम्म कम हुन्छ ।
– खैनी धेरै खायो भने मुखमा घाउ हुने र ओठ कालो हुने जस्ता समस्याहरु देखा पर्छन तर अलिकति खैनीसंग नुन राखेर पिसेर दिनहु दाँत ब्रस गर्नाले दाँतको दुखाई बाट मुक्ति मिल्छ ।
-दाँत दुख्दा तातो पनि को थैलीले सेक्दा पनि निक्कै राहत मिल्छ ।
– प्याजलाइ कुटेर किराले खाएको दाँतमा राख्यो भने पनि दुखाई कम हुन्छ ।
– ल्वाङ को तेल कपासमा भिजाउनु होस् र किरा लागेको दाँतमा राख्नुहोस् यसो गर्नाले दुखाइ कम हुन्छ ।
– दाँत दुख्ने व्यक्तिहरुले दिनमा ३–४ पटक ल्वाङ मुखमा राखेर चुस्दा फाइदा हुन्छ ।
– पुदिनाको पातलाई पिधेर किरा लागेको दाँतमा मा राख्नाले दुखाइ धेरै कम हुन्छ ।
– हिङ र कागती मिलाई पेस्ट बनाइ दाँत ब्रस गर्नाले पनि धेरै फाइदा हुन्छ ।