काठमाडौं । अ’पराध अनौठा छन् । अ’पराधका लागि मानिसहरुपनि जे जति खर्च गर्नपनि तयार छन् । अझ धनको लोभमा मानिसहरु जे गर्नपनि तयार छन् । कोरोनाविरुद्धको खोप नलगाएकालाई खोप कार्ड बेचेर १५ लाख डलर अर्थात १८ करोड नेपाली रुपैयाँ कमाउने न्युयोर्कको लङ आइल्याण्डका दुई नर्स पक्राउ परेको खबर अहिले भाइरल छ ।

अमेरिका जस्तो देशमा त पैसाका लागि यतिहदसम्म भइरहेको छ भने गरिब देशहरुमा के भइरहेको होला ? अनुमान मात्र गर्न सक्छौ । न्युयोर्कको राज्यको डाटावेसमा खोपा नलगाएकाहरुको विवरण पनि खोप लगाएको भन्दै राखेर कार्ड बेच्ने २ जना नर्सहरुलाई त्यहाँको प्रहरीले पक्राउ गरेपछि यो सनसनीपूर्ण तथ्य बाहिर आयो ।४९ वर्षकी जुली डेबुनो र ४४ बर्षकी मारिसा उराओलाई पक्राउ गरिएको अधिकारीहरुले पुष्टि गरेका छन् ।

उनीहरु वाइल्ड चाइल्ड पेडियाट्रिक हेल्थ केयरमा कार्यरत रहदै आएका थिए भने डेबुनो त्यसकी संचालक समेत हुन्।उनीहरुले सन् २०२१ को नोभेम्बरदेखि सन् २०२२ को जनवरीसम्म ३ महिनाको अवधिमा भ्याक्सिनकार्डहरु बेचेका थिए। बयस्कलाई २२० डलरमा र बालबालिकाहरुका लागि ८५ डलरमा कार्ड बेचिएको थियो। उनीहरुले सरकारी गुप्तचरहरुलाई पनि नक्कली कार्ड बेचेपछि फन्दामा परेका हुन्।

गुप्तचरहरु ग्राहकको भेसमा त्यहाँ पुगेका थिए।उनीहरुको साथबाट ९ लाख डलर नगदसमेत बरामद गरिएको छ। साथै घरमा भेटिएको एउटा खातामा कार्ड बेचेर १५ लाख डलर नाफा गरेको विवरण समेत उल्लेख गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah