आज सोमबार कुनैपनि कार्य गर्नको लागि सोमवार शुभ मानिन्छ । सोमबार जन्मिएका मानिस निकै राम्रो व्यवहार भएको, कुशल र मायालु व्यवहारका हुने शास्त्रमा लेखिएको छ । सोमवार घर बनाउने, विवाह गर्ने, नामकरण या विद्यासँग सम्बन्धित कुनै कार्य गरियो भने शुभ हुने विश्वास छ ।हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। भने सोमबार ‘शिवजी‘को दिन हो।
यस दिनमा शिवजीको पुजा- आरधना गरे शिवजी चाँडै नै खुसी हुने उल्लेख छ । यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ।कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन्।
यस दिन व्रत बस्दा एक छाक मात्रा खानुपर्दछ भने खानामा नुन/तेल मिसाउन मनाही छ।क ष्ट हटाउन यसो गर्नुहोस्:
१ शिवलाई जल या दूधको अभिषेक गर्नु राम्रो मानिएको छ ।
२ मानसिक, शारीरिक या आर्थिक क ष्ट छ भने कुलदेवताको पूजा गर्नुहोस् ।३ चामल, दूध, चाँदी दान गर्नुहोस् ।
४ चन्द्रमाले क ष्ट दिएमा चाँदीलाई नदीमा बगाउनाले सबै कष्ट या सम स्याहरु बगेर जानेछ ।
५ खीर खानु पनि शुभ हुन्छ ।
६ जसको चन्द्रमा कमि छ त्यस व्यक्ति सेतो कपडा र चन्दनको सेतो टीका लगाउनुहोस् ।
७ चादीको औठी र सेतो मोती धारण गर्नाले पनि लाभ प्राप्त हुन्छ ।
यो पनि :
रातमा ४ प्रहर हुन्छन् । पहिलो प्रहर, दोस्रो प्रहर, तेस्रो र चौँथो प्रहर।जुन सपना रातको पहिलो प्रहरमा देखिन्छ, त्यो सपनाले एक वर्षमा फल दिने खालको हुन्छ ।दोस्रो प्रहरको सपनाको फल आठ महिनामा प्राप्त हुन्छ ।तेस्रो पहरमा देखिएको सपनाको फल एक महिनामा प्राप्त हुन्छ ।
चौंथो प्रहरमा देखिएको सपनामो फल १५ दिनमा प्राप्त हुन्छ ।अरुणोदयको बेलामा सपना देख्यो भने एक दिनमा नै सपनाको फल प्राप्त हुन्छ । बिहानी पख सपना देखेर फेरि निदाएन भने त्यो तत्काल फलदायक हुन्छ ।दिनमा आएका अनेक तर्क र वितर्क र वृतान्तहरु राती स्वप्नमा देखियो भने त्यस्तो सपनाको कुनै फल हुदैन ।
होस हराएको, सार्है डराएको, दिसा पिशाबले च्यापेको, नाङ्गै सुतेको, कपाल फुकाएर सुतेको वा सुतेकी, यस्तो बेलामा देखिएको सपनाको कुनै जाती नजाती फल हुँदैन । जसले राम्रो सपना देखेर निन्द्राको तालमा फेरी सुत्यो भने तथा रात्रिमै कसैलाई आफूले देखेको सपनाको बारेमा सुनायो भने सपनाको फल पाईदैन वा कुनै चिन्तामा परिनेछ
भगवान शिवलाई भोलेनाथ पनि भनिएको छ। तर शिव आफ्नो भक्तसँग जति सजिलै प्रसन्न हुनुहुन्छ यहाँको क्रो ध पनि उत्तिकै विना शकारी छ। भनिन्छ कि शिवले तेस्रो आँखा खोलेको दिन संसारको अ न्त निश्चित छ। शिव पुराणमा १२ कार्यहरू, आचरण र सोचाइ द्वारा गरिने पापको वर्णन गरिएको छ, जुन पापलाई भगवान शिवले कहिल्यै क्षमा गर्नुहुन्न। यस्तो व्यक्ति कहिले पनि सुखी जीवन बिताउन सक्दैन।
के-के हुन् त त्यस्ता पाप जसलाई भगवान शिवले कहिल्यै पनि क्षमा गर्नु हुँदैन ? जान्नुहोस्‘१.अरूको श्रीमान वा श्रीमती माथि नराम्रो नजर राख्नु, वा उनीहरुलाई प्राप्त गर्ने चाहना राख्नु पनि पापको श्रेणीमा पर्छ।२.अरुको धनलाई आफ्नो बनाउने चाहना राख्नु पनि शिव जीको नजरमा एउटा अक्षम्य अपराध वा पाप हो।
३.कुनै निर्दोष व्यक्तिलाई यात ना दिने, हानि पुर्याउने, लुट्ने, उसको लागि बाधा उत्पन्न गर्ने योजना बनाउने, वा यस्तो सोच्न राख्नु भगवान शिवको नजरमा अ क्षम्य पाप हो।४.राम्रो कुरा, राम्री बानी व्यवहार भुलेर स्वयम् खराब मार्गमा लाग्नु पनि अक्ष म्य पाप हो।
५.गर्भवती महिला वा महिलावारी भएकी महिलासँग कटु वचन बोल्नु वा तुच्छ बोलीले उनीहरूको मन दुखाउनु भनेको शिवको नजरमा अ क्षम्य पाप हो। ६.कसैको इज्जतमा दाग लगाउने उद्देश्यले झूट बोल्नु भनेको ‘धोका’ को श्रेणी अन्तर्गत पर्दछ र यसले अक्ष म्य पापको भागेदारी बनाउँछ।७. समाजमा कसैको मान(सम्मानमा हानि पुर्याउने नियतले उनीहरुको पछाडी कुरा काट्ने वा भ्रम फैलाउनु पनि एक अक्ष म्य पाप हो।
८.धर्म अनुसार निषेधित चीज खानु वा धर्मको बिरू द्ध व्यवहार गर्नु पनि भगवान शिवको नजरमा महापाप हो।९. बच्चाहरू, महिलाहरू वा कुनै कमजोर प्राणी विरू द्ध हिं सा र असामाजिक कार्यहरूमा संलग्न हुने व्यक्ति पापको दोषी मानिन्छ।
१०.गलत तरिकाले अरुको सम्पत्तिमा कब्जा गर्नु, ब्राह्मण वा मन्दिरका सामानहरू चोर्नु वा गलत तरिकाले प्राप्त गर्नु पनि एउटा महापाप मानिन्छ।११.तपाईंले गुरु, आमाबाबु, पत्नी वा पुर्खाको भुलेर पनि अप मान गर्नु हुँदैन।१२.मदिरापान गर्नु, गुरुकी श्रीमतीसँग सम्बन्ध राख्नु, दान गरेको चीज वा पैसा फिर्ता लिनु पनि एउटा ठूलो पाप मानिन्छ जसलाई भगवान शिवले कहिल्यै माफी दिनुहुन्न।



