कोरोना भाइरस सङ्क्रमण भइसकेको मानिसको फोक्सोमा हतपत पत्ता नलाग्ने खराबी देखाउने नयाँ प्रविधि पत्ता लागेको छ । बेलायतमा यो प्रविधिमार्फत गरिएको प्रारम्भिक अध्ययनले कोभिड भएका मानिसको फोक्सो सहजै पत्ता नलाग्ने गरी क्षति भएको देखाएको बीबीसीले जनाएको छ ।नियमित जाँचबाट नदेखिने फोक्सोको अस्वाभाविक रुपबारे अध्ययनका लागि वैज्ञानिकहरूले नयाँ ग्याँस स्क्यान प्रक्रिया अपनाएका थिए ।

कोभिडको प्रारम्भिक चरणमा अस्पतालको उपचार आवश्यक नभएका तर पछि लामो समयसम्म श्वासप्रश्वासको समस्या भएका ११ जनामा यो प्रविधिमार्फत अध्ययन गरिएकोमा नियमित जाँचबाट पत्ता नलाग्ने गरी क्षति भएको देखाएको हो ।यसबारे अझै बृहत् र विस्तृत अध्ययन भइरहेको खबरमा जनाइएको छ । कोभिड भएपछि अस्पताल भर्ना भएका मानिसहरूमा गरिएको यसअघिकै अध्ययनमा आधारित भएर नयाँ अध्ययन थालिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अनुसन्धानकर्ताहरूले अध्ययनबाट दीर्घ कोभिड भएका प्रायजसाे बिरामीलाई किन श्वासप्रश्वास सम्बन्धी समस्या हुन्छ भन्नेबारे थप प्रष्ट पार्ने बताएका छन् । जाँचमा अरू कुनै रोग नदेखिए पनि कोरोना भाइरस सङ्क्रमण लक्षण कयौँ हप्तासम्म निको नहुने अवस्थालाई दीर्घ कोभिड भन्ने गरिएको छ । एजेन्सी