• डा. सुभाष लामिछाने

गत महिनाको कुरा हो, पेट दुख्ने समस्या लिएर एक अधबैंसे महिला मेरो ओपिडीमा आइन् । हातमा एक बिटो कागजात पनि बोकेकी थिइन् । ‘हिस्ट्री’ लिँदै जाँदा थाहा भयो- केही महिनाअघि मात्रै भारतको मुम्बईमा उनको पाठेघर निकाल्ने अपरेशन भएको रहेछ । कागजातहरु त्यही अपरेशनसँग सम्बन्धित थिए।

हामीकहाँ सामान्यतया हरेक बिरामीलाई लाग्छ- ‘मेरो त १० वर्षअघि फलानो अपरेशन भएको थियो, कतै त्यही अपरेसन बिग्रेर त आज यस्तो भएको होइन ?’ यी अधबैंसे महिलालाई पनि लागेछ- कतै पाठेघरको अपरेशन बिग्रेर पो पेट दुखेको हो कि!

अनि म लागेँ ‘हिस्ट्री’ भित्र पनि त्यो अपरेशनको ‘हिस्ट्री’ लिन । उनको योनिबाट बाक्लो सेतो पानी बग्ने, तल्लो पेटको दायाँ-बायाँ दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने भएको एक-दुई महिना भएको रहेछ । गाउँको स्वास्थ्य केन्द्रमा गएर औषधि सेवन पनि गरिछन् । केही समय त ठीक भए पनि दुखाइ फेरि बल्झेपछि मुम्बई बस्ने पतिले उतै बोलाएछन्।

पतिसँग भेटिने र उपचार पनि हुने सोचेर उनी भारत गइन् । मुम्बईको एक अस्पतालमा गएर देखाउँदा उनलाई पाठेघरमा ठूलो घाउ भएको र तुरुन्त अपरेशन गरी पाठेघर निकाल्नुपर्ने नत्र ज्यानै जानसक्ने त्रास देखाइयो । अन्ततः अपरेशनका लागि उनीहरु राजी भए र उनको पाठेघर निकालियो।

मैले उनको त्यो रिपोर्टवाला झोला खोतल्न थालेँ । ‘ठूलो घाउ’ भनेको के रहेछ भनेर अल्ट्रासाउण्ड रिपोर्ट पनि हेरेँ । तर, सबै रिपोर्टहरु नर्मल लिमिटभित्रै थिए । डाइग्नोसिसमा ‘पेल्भिक इन्फ्लामेटरी डिजिज’ (पिआइडी) लेखिएको थियो । लक्षण तथा जाँचका आधारमा सम्भवत: उनको रोग पिआइडी नै थियो ! तर, त्यतिकै आधारमा पाठेघर नै निकाल्नु जरुरी थियो त?

हुन त हरेक सर्जरीका केही न केही जटिलता पक्कै हुन्छन् । जतिसुकै नामी सर्जनले अपरेट गर्दा पनि कहिलेकाहीँ मृत्यु नै हुनसक्नेसम्मको जोखिम रहन्छ नै । तर, जब यस्ता घटना निश्चित ठाउँमा दोहोरिरहन्छन्, तब सोच्नुपर्छ- दालमे कुछ काला है!

पिआइडी अर्थात् स्त्री प्रजनन प्रणालीको माथिल्लो भागको संक्रमण । अझ बुझिनेगरी भन्दा ब्याक्टेरियाको संक्रमणबाट पाठेघर, डिम्बवाहिनी नली र अण्डासय जस्ता अंग प्रभावित हुने रोग । यस्तो संक्रमणको उपचार एन्टिबायोटिकबाट गरिन्छ, त्रास देखाएर तत्काल अपरेशनबाट होइन।

यहाँनेर पाठेघर निकालिएकोप्रति मैले किन शंका गरेको भने यस्ता केसहरु मैले अछामको दुईवर्षे बसाइँमा धेरै देखिसकेको छु । कसैका मिर्गौला झिकिएका हुन्छन्, कसैका पाठेघर अनि कसैका पित्तथैली । समस्या वा कारण भएर अपरेशन गरिएको हुँदो हो त यहाँ प्रश्नै उठ्ने थिएन । त्यो कार्य बिरामी बचाउने काम ठहरिन्थ्यो र सराहना पनि गरिन्थ्यो।

तर, एकथोक समस्या लिएर आएको बिरामीलाई अकारण नै तिम्रो फलानो अंग बिग्रेको छ, निकाल्नुपर्छ भनेर त्रास देखाउने अनि मोटो रकम असुलेर अपरेशन गरिदिएको देखियो । मुम्बईमा धेरै सोझासीधा सुदूरपश्चिमेलीको नियति नै यही बनेको छ । मिर्गौला तस्करीहरुको समाचार सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे लगायत जिल्लाहरुमा सीमित भइरहेको बेला कतै मुम्बईका ती अस्पतालमा पनि यस्ता गिरोहको जालो त छैन ? शंका गर्नुपर्ने भएको छ।

हालै एकजना दिदीसँग यसै विषयमा कुरा चल्दा आफ्नो दु:खद अनुभव सुनाउनुभयो- ‘मेरो एकजना अंकलको मिर्गौलामा ट्युमर छ भनेर भारतको एक अस्पतालमा मिर्गौला नै निकालियो । तर, अपरेशनपछि उहाँ बाँच्नुभएन।’

हुन त हरेक सर्जरीका केही न केही जटिलता पक्कै हुन्छन् । जतिसुकै नामी सर्जनले अपरेट गर्दा पनि कहिलेकाहीँ मृत्यु नै हुनसक्नेसम्मको जोखिम रहन्छ नै । तर, जब यस्ता घटना निश्चित ठाउँमा दोहोरिरहन्छन्, तब सोच्नुपर्छ- दालमे कुछ काला है!

म कार्यरत जिल्ला अस्पताल अछामबाट कुनै केस रिफर गर्नुपर्‍यो भने कि धनगढी या त नेपालगञ्ज पठाउँछु । तपाईंको रोगको नेपालगञ्जमा राम्रोसँग उपचार हुन्छ भनेर बिरामी र आफन्तलाई आश्वस्त पार्न खोज्छु । तर, धेरैले मरेकाटे मान्दैनन् । किनभने मुम्बईभन्दा धनगढी र नेपालगञ्ज उनीहरुका लागि विरानो छ । उनीहरुका इष्टमित्रजति सबै मुम्बईमै हुन्छन् । त्यसकारण बस्न, खान र बिरामी कुर्नेदेखि यावत् कुरामा उनीहरुलाई त्यता सजिलो पर्छ । अप्ठ्यारो त तब शुरु हुन्छ, जब त्यही सजिलो मुम्बईमा ढुकेर बसेको एउटा गिरोहले उनीहरुलाई ‘मुर्गा’ बनाउन थाल्छ।

भएभरका चाहिने-नचाहिने परीक्षणहरु गराउने, कुनै एउटा मेजर/माइनर शल्यक्रिया पनि गरेर लाखौं रुपैयाँ असुल्ने अनि बिरामीलाई ल अब तिम्रो रोग चट् भयो भनी घर पठाउने गजबको धन्दा त्यहाँ फस्टाएको छ । गिरोहको यस्तो धन्दा फस्टाउँदै गर्दा यता भने कति गरिब नेपालीहरुको घरखेत सखाप भएको छ र कतिको ज्यानै गएको छ, कसैसँग यकिन हिसाब छैन।

सीमावर्ती जिल्लाहरुमा जनचेतना कार्यक्रम पनि चलाउनुपर्ने देखिन्छ । सीमाक्षेत्रमा ‘उपचारका लागि जाँदै हुनुहुन्छ ? सावधान, कतै मिर्गौला तस्करहरुको फन्दामा पर्नुहोला !’ जस्ता सन्देश लेखिएका होर्डिङबोर्डहरु पो लगाउने हो कि ?

समाधान के त ?

प्यूठान जिल्ला अस्पतालमा कार्यरत डा. समीर लामालाई हामी धेरैले चिन्छौं । उहाँले कुनै त्यस्तो गम्भीर प्रकृतिको बिरामी काठमाडौं रिफर गर्नुपर्‍यो भने सामाजिक सञ्जालका माध्यमबाट स्वयंसेवाका लागि आह्वान गर्नुहुन्छ।

काठमाडौंको बसपार्कदेखि सो बिरामीलाई लिने, अस्पतालसम्म पुर्‍याउने र अस्पतालमा सम्बन्धित डाक्टरको जिम्मा लाउनेसम्मको काम त्यो स्वयंसेवकले गर्छ  । डा. लामाले नै त्यो अस्पतालका चिनजानका डाक्टरसँग पहिल्यै सम्पर्क गरी फलानो बिरामी पठाउँदै छु भनी उसको रोगको विस्तृत विवरण पनि भनिसक्नुभएको हुन्छ । उपचार खर्चका लागि उहाँले आफ्नै पहलमा ‘विपन्न बिरामी सहयोग कोष’ स्थापना गर्नुभएको छ, जुन यस्ता बिरामीहरुका लागि प्रयोग गर्नुहुन्छ । यति गरिसक्दा भने डा. लामाको बिरामीले ढुक्कका साथ ‘म मुम्बई होइन, काठमाडौं जान्छु डाक्टरसा’ब’ भन्नसक्छ होला।

यस्तो पवित्र कार्यका लागि डा. समीर धन्यवादका पात्र हुनुहुन्छ । उहाँले थुप्रै बिरामीको आशीर्वाद पाइरहनुभएको छ । तर, व्यक्तिगत प्रयासका सीमितताहरु छन् । यही कुरा संस्थागत प्रयासमा ढाल्न सकियो र थिति बसालेर अघि बढियो भने झन् कति राम्रो परिणाम आउँथ्यो होला ! जोकोही बिरामी ठूला अस्पतालमा रिफर हुँदा ‘म त त्यहाँ कसरी पुग्न सकूँला र ! त्यहाँ मेरो पहुँच नै छैन, कुर्ने मान्छे छैनन्, त्यहाँसम्म जाने गाडीभाडा समेत छैन’ जस्ता प्रश्नहरु उठ्छन्; यी प्रश्नहरुको हल राज्यले खोज्नैपर्छ । मुम्बईतिरको यात्रामा ब्रेक लगाउने र बिरामी ठगिने प्रक्रिया रोक्नका लागि यति नगरी धरै छैन!

हुन त केही जिल्लाबाट शुरु भएको स्वास्थ्य बिमा कार्यक्रमले यो मुद्दालाई केही हदसम्म सम्बोधन गरेको पनि छ।

सँगसँगै सीमावर्ती जिल्लाहरुमा जनचेतना कार्यक्रम पनि चलाउनुपर्ने देखिन्छ । सीमाक्षेत्रमा ‘उपचारका लागि जाँदै हुनुहुन्छ ? सावधान, कतै मिर्गौला तस्करहरुको फन्दामा पर्नुहोला !’ जस्ता सन्देश लेखिएका होर्डिङबोर्डहरु पो लगाउने हो कि ? कैलाली र कञ्चनपुरका जिल्ला जनस्वास्थ्य कार्यालयहरु यो काममा अग्रसर भइहाल्नुपर्ने जरुरी देखिन्छ । स्थानीय एफएमबाट पनि अब नेपालमै हरेकजसो रोगहरुको गुणस्तरीय उपचार सम्भव छ भन्ने किसिमका सन्देश प्रशारणमा जोड दिँदा वेश हुन्छ । आखिर सोझासीधा बिरामीहरुलाई कतिञ्जेल ठगहरुको हातमा सुम्पिरहने?

(डा. लामिछाने जिल्ला अस्पताल अछाममा मेडिकल अधिकृतका रुपमा कार्यरत छन् ।)स्वास्थ्यखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah