नेपालमा फेरि बर्डफ्लुको संक्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार मोरङको ग्रामथान–१, खुनियाकट्टा र बूढीगंगाका कृषकले पालेका कुखुरामा बर्डफ्लु रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको हो ।सो क्षेत्रमा बर्डफ्लु देखिएको र गत शुक्रबार र शनिबार १६ सय ५० लेयर्स कुखुरा, ५० परेवा, ४२ सय अण्डा ११५० केजी दाना र ४ हजार अण्डा सुरक्षित तरिकाले नष्ट गरिएको विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले जानकारी दिए ।

थप संक्रमण बढ्न नदिन सो आसपासका फार्मको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा ल्याइएको विभागले जनाएको छ ।एच फाइभ एन वान’ भाइरसको संक्रमणले नेपालमा पहिलोपटक १५ चैत २०७५ मा एकजना मानिसको मृ,त्युसमेत भएको थियो ।

थप् समाचार :कोरोनाविरूद्ध खोप लगाउन एक स्वयंमसेविकाले वृद्धालाई बोकेर खोप केन्द्रसम्म लगेकी छन्।गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंमसेविका लीला थापाले गाउँकै वृद्धा देवकली टन्डनलाई बोकेर खोप केन्द्र लगेकी हुन्।देवकली ७९ वर्षकी भइन्। उनी हिँडेर खोप केन्द्र जान सक्थिनन्। उनलाई घरबाटै स्वास्थ्य स्वयंमसेविका थापाले बोकेर खोप लगाउन स्वास्थ्यचौकी पुर्‍याएकी थिइन् ।

गाउँमा यातायातको सुविधा नहुँदा बोकेरै लैजानुपरेको हो।सरकारले चैत मसान्तभित्र सबैलाई पूर्ण खोप दिने लक्ष्य राखेको बताएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ २१ भित्र मौज्दात खोप र खोप लगाइसकेकाहरूको विवरण अनिवार्य केन्द्रमा पठाउन स्थानीय तहहरूलाई आग्रहसमेत गरेको छ।

थप् समाचार :अष्ट्रेलियन वैज्ञानिकहरुले अन्तरिक्षमा यसअघि कहिल्यै पनि देखा नपरेको एउटा अनौठो अपरिचित घुमाउरो वस्तु फेला परेको दाबी गरेका छन् । सो वस्तुले एकदम ठूलो मात्रामा रेडियो ऊर्जा फालिरहेको हुँदा प्रत्येक १८ मिनेटमा, ६० सेकेन्ड सम्मै सिग्नल पठाइरहेको बताइएको छ ।यसरी अन्तरिक्षमा ऊर्जा फाल्ने या निकाल्ने वस्तुहरु प्रायः परिचित हुन्छन् या रेकर्डमा राखिसकिएका हुन्छन् ।

त्यसैले यसलाई वैज्ञानिकहरुले एकदम दुर्लभ गतिविधि बताइरहेका छन् जुन एक मिनेटसम्म ‘टर्न अन’ हुन्छ ।विज्ञहरुको टोली यसलाई अझ स्पष्ट रुपमा बुझ्न अध्ययन गरिरहेको छ । सो वस्तुलाई पहिलोपटक अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीका खोजकर्ता टाइरोन ओडोहेर्टीले पपत्ता लगाएका थिए । उनी आफैले निर्माण गरेको नयाँ प्रविधि मार्फत टेलिस्कोपको मद्दतले उनले सो अपरिचित वस्तु फेला पारेका हुन् ।

टाइरोन, एस्ट्रोफिजिसिस्ट डाक्टर नताशा हर्ली वाकरको नेतृत्वमा परिचालित टोलीमै पर्दछन् । उनी भन्छिन्, “सो वस्तु हरेक घण्टा देखिँदै हराउँदै गरिरहेको थियो । यो वास्तवमै एकदम अनपेक्षित र कति हिसाबमा अन्तरिक्षविद्का लागि समेत एकदमै आश्चर्यजनक थियो ।किनकी आजसम्म अन्तरिक्षमा पाइने कुनैपनि वस्तुले यस्तो गतिविधि देखाएको कसैलाई थाहा छैन । अन्तरिक्षमा पाइने वस्तु आफैँ ‘अन’ या ‘अफ’ हुनु वैज्ञानिकहरुका लागि नयाँ कुरा हो ।

हालै मात्र यसलाई ‘ट्रानसिएन्ट्स’ को नाम दिइएको छ ।”तरपनि एउटा पूरै मिनेट अन रहिरहनु भनेको धेरै अनौठो कुरा भएको अर्की एस्ट्रोफिजिसिस्ट डाक्टर जेमा एन्डरसनले बताइन् । थप अध्ययनपछि सो वस्तु पृथ्वीबाट ४ हजार ‘लाइट इयर्स’ टाढा रहेको पत्ता लागेको छ । साथै यो एकदमै चमकिलो छ भने यसको चुम्बकीय क्षेत्रीय पनि अत्यन्तै शक्तिशाली रहेको बताइएको छ ।

अनुमानित थेउरीमा यसलाई कुनै नयाँ ‘न्युरोट स्टार’ या पतन भएको तारा हुन सक्ने बताइएको छ । तर अझैपनि यसबारे धेरै कुरा रहस्यमयी नै छ । यसरी थप अनुसन्धानपछि मात्र यो गतिविधि इतिहासकै पहिलो किसिमको हो या होइन भन्ने बुझ्न सकिने डाक्टर हर्ली वाकरले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर