आपतकालीन अवस्थामा नागरिकलाई अस्थायी रुपमा सुरक्षित राख्न नेपालगन्जमा होल्डिङ सेन्टर निर्माण भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित भवानीयापुरमा २९ करोड ३८ लाख दुई हजार ८९ रुपैयाँको लागतमा एक हजार बेडको होल्डिङ सेन्टर निर्माण भइरहेको हो । २०७८ मा निर्माण सम्झौता भएको उक्त होल्डिङ सेन्टर २४ असोजमा निर्माण सम्पन्न भइसक्नु पर्नेमा त्यसो हुन सकेन ।

निर्माण सम्पन्न गर्नका लागि पुस मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । नेपाली सेनासँगको सहकार्यमा ठेकेदार कम्पनीमार्फत होल्डिङ सेन्टरको निर्माण कार्य सुरु भएको हो ।बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले होल्डिङ्ग सेन्टर निर्माण कार्य पछिल्लो पटक सन्तोषजनक रुपमा अघि बढेकाले चाँडै निर्माण सम्पन्न हुने बताए । उनका अनुुसार आउँदो चैत्रसम्म निर्माण कार्य सम्पन्न हुनेछ ।

कोभिड–१९ संक्रमण व्यवस्थापन गर्न यो होल्डिङ सेन्टर निर्माण सुरु भएको थियो । कोभिड संक्रमितहरूलाई सुरक्षित तरिकाले उपचार गर्न र समुदाय स्तरसम्म संक्रमितहरू सोझै नपुगून् भनेर होल्डिङ्ग सेन्टर निर्माण गरिएको हो । यद्यपि बाढी तथा डुवान, प्राकृतिक विपदका बेला यो सेन्टर प्रयोगमा ल्याउन सकिने प्रजिअ खत्रीले जनाए ।

नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले होल्डिङ सेन्टरका ३०० बेड सञ्चालनका लागि तयारी अवस्थामा रहेका बताए । नेपाल भारत सीमावर्ती रुपैडीया–जमुनाह नाकाबाट नेपाल भित्रिने यात्रुहरूलाई मध्यनजर गरी यो सेन्टर स्थापना गरिएको छ । पछिल्लो अवधिमा नेपालगञ्ज आसपास र बाँकेमा कोभिड–१९ परीक्षण गर्दा करिव ७० प्रतिशतलाई संक्रमण भएको अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah