बिपिपि/सवाल नेपाल

माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसंग मिलेर अबको राजनीतिक यात्रा तय गर्न सकिने जनाउ दिएपछि यसले नेपाली राजनीतिमा तंरग पैदा भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओबादी केन्द्रतर्फ लक्षित गर्दै आफूहरुसंग मिलेर अघि बढे सहज जित हासिल गर्ने बताउदै नत्र पछूताउने भने दिएको सन्देशसंगै प्रचण्ड ओलीप्रति नरम देखिएकाछन् । यसले शेरबहादुर देउवालाइ भने झस्काएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाउन मुख्य भूमिका खेलेका र अहिले पनि काँग्रेससंग सहकार्य गरिरहेका प्रचण्डले एमालेप्रति देखाएको मोहले राजनीतिक परिवर्तन हुनसक्ने कतिपयको बिश्लेषण रहेको छ ।

स्थानीय तह निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि प्रचण्ड एमालेसंग सहकार्य गरेर अघि बढ्न सकिने निष्कर्षमा पुगेको बताइन्छ ।

एमालेले तत्काल सरकारको नेतृत्वको बिषयमा नसोचेको बताउदै आएको छ भने सरकार परिवर्तनका लागि खास कुनै कसरत पनि भएको छैन ।

यसर्थ तत्कालै राजनीतिक समिकरणमा त्यति ठूलो परिवर्तन अउला भन्ने देखिदैन । असोजभित्र प्रदेश र त्यसपछि माघ अगावै केन्द्रको निर्वाचन हुने भएकाले यसमा एमाले र माओबादी मिलेर जान सक्ने बताइन्छ ।

तर प्रचण्डको कुरामा ओली र ओलीको कुरामा प्रचण्ड सहजै बिश्वास गर्ने पात्रको रुपमा लिन भने सकिदैन । एमालेको बिश्लेषण अब प्रदेश र केन्द्रको निर्वाचनमा पहिलो पार्टी बन्ने र सरकारको नेतृत्व गर्ने रहेको छ ।

माओबादी केन्द्रले पनि एमाले पहिलो शक्ति बन्न सक्ने अड्कल काटेको छ । यसर्थ प्रचण्ड एमालेसंग नजिक पर्न सक्ने देखिन्छ ।

माघभित्रै नयाँ सरकार बन्ने भएकाले देउवा आउट हुनेछन् । एमाले ठूलो शक्ति भएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली बन्नेछन् । काँग्रेस ठूलो शक्ति बनेको अवस्थामा भने देउवाले सत्ता छाड्ने छैनन् ।

प्रचण्डका लागि अहिले पछिल्लो समयमा ओली प्यारो बन्नुको पछाडि फेरी राजनीतिक सन्तुलन आफ्नो पेरीफेरीमा घुमाउनm रहेको पनि आँकलन गर्न सकिन्छ ।

देउवा सरकार गठन भएको अवस्था देखि नै बिभिन्न बिबादमा फसिरहेकाछन् । सरकार लामो समयबित्दा पनि पूर्ण रुपमा बनिसकेको छैन । काँग्रेसभित्र ठूलो किचलो रहेको छ ।

यसले गर्दा राजनीतिक परिदृश्यहरु प्रचण्डले सहज देखिएकाछैन । अब नेपाली राजनीतिमा प्रचण्डको रोल के होला ? सबैको चासोको बिषय रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय