नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धन कुनै हालतमा नतोडिने बताएका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूको रक्तदान कार्यक्रममा नेपालले भने, ‘पत्रपत्रिकामा आएका कुराबाट दिमाग खराब नगर्नुस् । यो गठबन्धन टुट्ने बेला छैन ।’आज मध्यान्हतिर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटेर गठबन्धन बलियो बनाएर जाने विषयमा छलफल गरेको नेताले बताए ।

‘हामी तीनैजना बसेर छलफल गरौं । पत्रपत्रिकामा मनगढन्ते कुरा आएका रहेछन्,’ उनले भने, ‘यो गठबन्धनलाई बलियो बनाएर जाने विषयमा छलफल गरेका छौं ।’ यस्तै उनले जेठमा हुने स्थानीय तहको चुनावमा पनि गठबन्धनका साथ जाने बताए । ‘जेठमा स्थानीय तहको चुनाव हुँदैछ,’ अध्यक्षले नेपालले भने, ‘हामी गठबन्धन मिलेर जान्छौं । कसैले गठबन्धन तोडौँ भनेका होला । यो गठबन्धन तोडिनेवाला छैन ।’

विचार मिल्ने वामपन्थी र लोकतान्त्रिक गठबन्धनले दक्षिणपन्थीमा तरंग ल्याएको उनको भनाइ छ । साथै उनले आगामी दिनमा पनि देश गठबन्धनको यात्रामा अगाडि बढ्ने बताए । वर्तमान गठबन्धनले नेपालको व्यवस्था गलत दिशामा जानबाट रोकेको उनको भनाइ छ । ‘हामीले संविधान जोगाएका छौं । संघीयता सुदृढ गरेका छौं,’ उनले भने, ‘नेपालको व्यवस्था गलत दिशामा जान खोजेको थियो । तर हामीले कोर्स करेक्सन गरेका छौं ।’

एमालेबाट संसद चल्नै नदिने र गन्जागोल गरेर देशलाई गलत दिशामा लिने प्रयत्न भएको नेपालको आरोप छ । उनले भने, ‘त्यो एमाले हो कि बामाले यस्तो गरिरहेको छ ।’ यस्तै उनले एकीकृत समाजवादीमा प्रवेश गर्ने अभियान चलिरहेको बताए । नेपालले पर्यटनमन्त्री प्रेम आले जनताको काममा खरो ढंगले उत्रिएको बताए । उनले भने, ‘यसको निरन्तरता रहोस् । हामीसँग जोडिएका नेताले जनताको काममा लाग्नुस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah