काठमाडौ । हावाहुरीले रूख ढल्दा धनुषामा एक बालक र एक बालिकाको मृ’त्यु भएको छ । यता रौतहटमा एक महिलाको मृ’त्यु भएको छ । धनुषाको सबैला नगरपालिका १२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको रूख ढल्दा एक बालक र एक बालिकाको मृ’त्यु भएको हो ।प्रहरीका अनुसार स्थानीय ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृ’त्यु भएको छ ।

ठूलो हावाहुरीका कारण अचानक विद्यालय विद्यालय प्राङ्गणमा रहेको मसालाको रूख ढल्दा दुवै जनाको टाउकोमा चोट लागेर घ’टनास्थलमै मृ’त्यु भएको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिए । उता रौतहटको बौधीमाई नगरपालिका(१ मा हावाहुरीका कारण घर ढल्दा एक महिलाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा स्थानिय ४५ वर्षीया फुलमतीया देवी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर