काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा। संगिता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिएकी हुन् ।शुक्रबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनले पहिले एक जना मान्छेमा भएको भाइरस ३ जनामा सर्ने गरेकोमा अहिले त्यो दर विस्तारै घटिरहेको स्पष्ट पारिन् ।

‘पहिल्लो डेटाको अनुसार नेपालमा अहिले इन्फेक्सनको दर घटेको देखिन्छ । भाइरसले संक्रमण गर्ने दर जुन पहिले थियो, जस्तो एउटा भाइरसले कुनै एउटा प्रदेशमा एउटा संक्रमित मान्छेले ३ जनालाई संक्रमित गर्थ्यो भने त्यो दर चाहिँ अब विस्तारै घटिराखेको छ,ु उनले भनिन् ।

प्रवक्ता मिश्रले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यमा पनि ओमिक्रोनको संक्रमण दर घटिरहेको र त्यसको प्रभाव नेपाल परेको तथ्य पनि स्मरण गराइन् । उनले स्वास्थ्य सतर्कता अपनाएकै कारण यसको संक्रमण दर घटेकाले यसको पालना गर्न पनि सबै नागरिकलाई पुनः सचेत गराइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय