प्रदेश–१ मा पछिल्लो २४ घण्टामा ३३७ मा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७२४को पीसीआर परीक्षण गर्दा २२१ र ४९४ को एन्टिजेन परीक्षण गर्दा ११६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११०, सुनसरीमा ४९, झापामा ३१, उदयपुरमा सात, धनकुटामा दुई, सङ्खुवासभा, पाँचथर, भोजपुर र खोटाङमा एक÷एक र प्रदेश बाहिरका १८ मा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ७५, सुन्दरहरैचामा आठ, बुढीगङ्गामा पाँच, उर्लाबारीमा चार, पथरीशनिश्चरे, बेलबारी र रतुवामाईमा तीन÷तीन, लेटाङ, कानेपोखरी र स्थानीय तह नखुलेका दुई÷दई, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा एक÷एक, सुनसरीको इटहरीमा १६, धरानमा १२, रामधुनीमा चार, इनरुवा, बराहक्षेत्र, बर्जु र दुहवीमा तीन÷तीन, हरिनगर, गढी र देवानगञ्जमा एक÷एक र स्थानीय तह नखुलेका दुई÷दुई जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार झापाको भद्रपुरमा पाँच, अर्जुनधारामा चार, बाहृदशी, विर्तामोड, दमक, मेचीनगर र कमल गाउँपालिकामा तीन÷तीन, शिवसताक्षी र कनकाईमा दुई÷दई, कचनकवल, गौरादह र झापा गाउँपालिकामा एक÷एक, उदयपुरको चौदण्डीगढीमा दुई, कटारी, त्रियुगा, उदयपुरगढी, बेलका र स्थानीय तह नखुलेका एक÷एक, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा दुई÷दुई, संखुवासभाको खाँदबारी, पाँचथरको फिदिम, भोजपुरको हतुवागढी र खोटाङको दिप्रुङमा एक÷एक र प्रदेश बाहिरका १८ जनामा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय