अ’पहरणको झुटो नाटक गरी प्रहरीलाई झुक्याउने एक जनालाई पक्राउ गरिएको छ ।शनिबार बेलुका १० बजेको समयमा आफू अ’पहरणमा परेको भन्दै प्रहरीलाई झुक्याएको आरोपमा सल्यान कालिमाटी गाउँपालिका-४० वर्षीय खिमबहादुर वलीलाई प्रक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले तुलसीपुरको एकान्त होटेलमा मापसे गरी आफूलाई ४ जना व्यक्तिले अ’पहरण गरी जंगलमा लगिएको भन्दै प्रहरीलाई फोन गरेका थिए ।तत्काल इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले खोज्दै जादा झुटो खबर दिएको खुलेपछि वलीलाई आइतबार बिहान ४ बजे तुलसीपुर–३ दमारगाउँबाट पक्राउ गरेको हो ।



