काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित कृति बहादुर ब्लोनको जाम्बोलिङ खाजा घरमा तास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने ४५ वर्षीय राम तिवारी लगायत ५ जनालाई आइतबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
खाजा घरमा तास खेलाई रहेको भन्ने सुराकाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धको टोली त्यहाँ पुगेको थियो । खालबाट १६ हजार ५ रुपैयाँ नगद र ३ बुक तास बरामद गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय