प्रधानमन्त्री नै सहभागी बैठकमा तराईमा हिंसा भडकाउने योजना तय, एमाले नेतामाथि आक्रमणदेखि मधेससमा रहेका एमाले नेताको घरमा आक्रमण गर्ने सम्मका रणनीति

शान्तिराम कार्की/काठमाडौं

सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेस र संबिधानबिरुद्ध आन्दोलन गरिरहेको दल राष्ट्रिय जनता पार्टी राजपाबीच प्रदेश २ को निर्वाचनमा एमालेको बिजय रोक्न आवश्यक सवै जायज नाजायज काम गर्ने सहमति भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित साउन ५ र ६ गते बसेको दुई दलका शीर्ष नो सम्मिलित गोप्य बैठकले एमालेलाई चुनाव जित्न नदिनका लागि प्रदेश २ का आठ वटै जिल्लामा शान्ति भडकाउनेदेखि पैसा बाँडनेसम्मको योजना बनाइएको हो ।

कांग्रेस राजपा सहमति : भारतसँग डेढ अर्व मागौं, त्यो पैसा एमालेलाई हराउन लगानी गरौं

बैठकमा प्रधानमन्त्री देउवा, कांग्रेस नेता बिमलेन्द्र निधि, अमरेशकुमार सिंह, राजपाबाट महन्थ ठाकुर महेन्द्र राय यादव, हृदयश त्रिपाठीलगायतका नेता सहभागी रहेको स्रोतको भनाई छ । सोही अनुसार बैठकले प्रदेश २ मा एमालेको बिजय रोक्न आतंक मच्चाउनेदेखि भोट खरिद गर्नेसम्मको योजना बनाउँदै भारतसँग डेढ अर्व भारु माग्ने निश्कर्ष निकालिएको छ ।

मधेशका मतदाता यताका जस्ता होइनन, पैसा दिएर खरिद बिक्रि गर्न सकिन्छ, यो कुरा हाम्रो अनुभवको आधारमा भनिएको हो,’ बैठकमा निधि सिंहको भनाई उधृत गर्दै स्रोतले भन्यो, ‘एमाले हराउन भारतसँग डेढ अर्व भारु लिऔं, त्यो पैसाले सवै हतकण्डा अपनाऔं, केही केही जिल्लामा एमाले नेतामाथि नै हानौं, घरमा पनि धम्क्याऔं

सो गोप्य बैठकमा कांग्रेस नेता निधि र सिंहले डेढ अवै पाए प्रदेश २ मा एमालेको बिजयलाई सहजै रोक्न सक्ने प्रस्ताव राखेको एक नेताले बताए । ‘मधेशका मतदाता यताका जस्ता होइनन, पैसा दिएर खरिद बिक्रि गर्न सकिन्छ, यो कुरा हाम्रो अनुभवको आधारमा भनिएको हो,’ बैठकमा निधि र सिंहको भनाई उधृत गर्दै स्रोतले भन्यो, ‘एमाले हराउन भारतसँग डेढ अर्व भारु लिऔं, त्यो पैसाले सवै हतकण्डा अपनाऔं, केही केही जिल्लामा एमाले नेतामाथि नै हानौं, घरमा पनि धम्क्याऔं ।’

स्रोतले भारतसँग डेढ अर्व रुपैया भारु माग्ने सहमति जनाउँदै निधि र सिंहलाई नै जिमेवारी सुम्पिनु भएको छ । बैठकले भारतसँग डेढ अर्व माग्नेसहित आगामी असोज २ गते हुने प्रदेश २ को निर्वाचनमा राजपालाई कम्तीमा ३० सिट सुरक्षित गराउने र राजपालाई जिताउनको लागि कांग्रेसले माओवादी केन्द्रलाई समेत सहयोग गराउने, योजना बनाइएको छ । यस्तै कांग्रेस कमजोर भएको ठाउँमा माओबादी केन्द्र र राजपाले नेपाली कांग्रेसलाई सघाएर नेकपा ऐमालेलाई कुनै हालतमा जित्न नदिने, त्यसका लागि साम, दाम, डन्ड, भेदको नीति अपनाउने निश्कर्ष प्रधानमन्त्री संलग्न बैठकले नै निकलेको छ ।

स्रोतका अनुसार बैठकले एमालेले हालसम्म अग्रता कायम गरेको ५१ सिटलाई बढन नदिने र ३० सिट मधेसी दललाई जिताएर बाँकी सिट कांग्रेसले कब्जा गर्ने, आफू हार्ने ठाउँमा माओवादीलाई सघाउने काम गर्दै एमालेलाई दोस्रो दलमै सिमित पार्ने योजनासमेत बनाइएको छ । प्रदेश २ मा पैसा बाँडदा चुनाब सजिलोसंग आफनो पक्षमा आउने बुझाई सहित बैठकले यस्तो प्रस्ताव पारित गरेको हो ।

संबिधान संशोधन हुनुपर्छ भन्ने हाम्रो कुरा एमालेले मानेको छैन, यसलाई कांग्रेसको कुरा हो भनेर एमालेले बुझिसक्यो, तपाईहरुले राजपाकै अडान हो भन्ने देखाउनोस, संख्या थप पनि हाम्रै हो भन्नोस

बैठकको निर्णय अनुसार कांग्रेस नेता निधि र सिंहले भारतीय दुतावासमा सो प्रस्ताव राखिसक्नु भएको स्रोतले बतायो । बैठकमा कांग्रेस सभापति देउवाले तराई मधेसमा जसरी पनि स्थानीय तहको संख्या थप गर्नुपर्ने मागलाई जोडदार रुपमा उठाउन राजपा नेताहरुलाई सुझाव दिनुभएको छ ।

‘संबिधान संशोधन हुनुपर्छ भन्ने हाम्रो कुरा एमालेले मानेको छैन, यसलाई कांग्रेसको कुरा हो भनेर एमालेले बुझिसक्यो, तपाईहरुले राजपाकै अडान हो भन्ने देखाउनोस, संख्या थप पनि हाम्रै हो भन्नोस,’ बैठकमा देउवाको भनाई थियो ।

बैठकको निर्णयपछि कांग्रेस नेता सिंह भोलि भारत जाने हुनुभएको छ । अहिलेको राजदुत मञ्जिव सिंह पुरीले आफ्नो कुराको सुनुवाई नगरेको भन्दै भारतीय बिदेश मन्त्री शुष्मा स्वराजसंग भेटी दुताबासले आफुलाई पत्याउने वातावरण बनाउन सिंह भारत जान लागेको स्रोतको भनाई छ ।

(यो समचार जनताटाइम्सबाट जस्ताको त्यस्तै साभार गरिएको हो । सम्पादक)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah