काठमाडौँ : वास्तुशास्त्रमा शयन कक्ष अर्थात् सुत्ने कोठाको निकै महत्व रहेको बताईएको छ । त्यसैले शयन कक्ष हरेक व्यक्त‌िको जीवनको एक मुख्य भाग हुने गर्दछ। शयन कक्षमा व्यक्त‌ि आफ्नो द‌िनभरको थकान मेटाउने गर्दछ र नयाँ उर्जा प्राप्त गर्ने गर्दछ। दाम्पत्य जीवनको प्रेम र सुखको मामलामा पनि शयन कक्षको निकै महत्वपूर्ण भूमिका रहने गर्दछ। त्यसैले शयन कक्षको मामलामा यस्तो ५ गल्तिहरु गर्नबाट बच्नुहोस् ।

१. धेरै जसो मानिसहरु आफ्नो शयन कक्षमा वोस बेस‌िन (voss basin) राख्ने गर्दछन्। वास्तुशास्‍त्रअनुसार यसले सम्बन्धमा व‌िश्वासको कमि गराउने र शंकालाई बढाउने गर्दछ ।

२. पाहुना र साथीहरुलाई अत‌िथ‌ि गृह (Drawing room) मा बसाउने गर्नुहोस् । आफ्नो बेडरूममा जसलाई पनि ल्याउनु हुदैन। वास्तु व‌िज्ञानको अनुसार यसले शयन कक्षमा नकारात्मक उर्जालाई बढाउने गर्दछ र सम्बन्धमा टाढापन ल्याउने काम गर्दछ ।

३. शयन कक्षमा ऐना राख्नु हुदैन। यदि ऐना राख्न निकै जरुरी रहेको छ भने यसरी राख्नुहोस् कि खाटबाट तपाइको अनुहार ऐनामा नदेखिओस् । खाटको अगाडिको ऐनाले तपाइको भित्र नकारात्मक उर्जा बढाउने गर्दछ र तपाइको उत्साहलाई कमी गराउने गर्दछ ।

४. आजकल बक्स पलङ्गको प्रचलन निकै चलेको छ। यदि तपाई पनि यस्तो खाले बेडको प्रयोग गर्नुहुन्छ भने यसमा फोहोर र बिजुलीको सामान नराख्नु होस् । यसले सम्बन्धमा टाढापन र सधै मन मुटाव हुने गर्दछ । खाटको मुनि जुत्ता,चप्पल पनि नराख्नु होस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय