काठमाडौ । विद्यार्थीलाई असल आचरण सिकाउने शिक्षक, प्राध्यापक नै आचरण विपरित काम गरे पछि के होला ? कालिकोटमा त्यस्तै भएको छ । कालीकोटको तिलाकर्णाली बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मणबहादुर सिंहका बिरुद्ध जिल्ला प्रहरी कार्यालय कालीकोटमा चार वटा निवेदन परेका छन् ।उनले आचरण विपरित काम गरेको भन्दै उजुरी परेको हो ।
क्याम्पस प्रमुख सिहंले आफ्नो जिम्मेवारी मार्यादा बिर्षेर मदिरा सेवन गरि लेखापाल माथि भौतिक आ क्रमण गर्नुका साथै प्राध्यापक माथि जाइलागेका थिए । त्यती मात्र होइन अभिभावकहरुलाई समेत ज्या’न लिन्छु भन्दै ध’म्की दिए क्याम्पस प्रमुख सिंहले सोमबार विहान मदिरा सेवन गरि लेखापाल पदमबहादुर विष्टमाथि हात पात गरेको लेखापाल बिष्टले वताए । खाँडाचक्र नगरपालिका वडा नं ३ का वडाध्यक्ष महाविर पाण्डेले उनलाई सम्झाउने कोशिस गरे तर उनी थप आ क्रा मक बने ।
क्याम्पस प्रमुख विहानै मदिराको तालमा थिए । ‘विहानै क्याम्पस प्रमुखले कोठामा बोलाउनुभयो, चेकमा हस्ताक्षर विग्रेको थियो, त्यसैले होला भन्ने सोचेर कोठामा पुगेँ । ला ठीले टाउकामा हि’र्काउनुभयो ।’ लेखापाल विष्टले भने ‘पछि बुझ्दै जादा उहाँको पारिवारीक झ गडाको रिस हामीमाथि पोख्नु भएछ ।’शनिवार राती उनले श्रीमतीसंग वि’वाद गरेर निस्केका रहेछन् । उनकी श्रीमती पनि श्रीमान वि’रुद्ध उजुरी दिन प्रहरीकोमा पुगेकी थिइन् ।
तर लेखापालले घर भित्रको वि’वाद बाहिर नल्याउन भन्दै श्रीमतीलाई सम्झाएका थिए । त्यसैको रिस उनले क्याम्पसमा पोखेको उनको भनाई छ ।जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपि शिद्धराज न्यौपानेले क्याम्पस प्रमुख लक्ष्मण वहादुर शिहंले घरेलु हिं’सा गरेको वताए ।
‘उहाँले शनिवार राती श्रीमती माथि हात पात गर्नु भएको रहेछ । घ’टना सुनेर अस्थाई प्रहरी चौकी ताडीको टोली त्यहाँ पुगेर क्याम्पस प्रमुखकी श्रीमतीलाई उद्धार गरी उहाँको छिमेकी दिदीको घरमा पुर्याएका थियौं । क्याम्पस प्रमुख सिहंले मलाई फोन गरेर प्रहरीले आफ्नो श्रीमतीलाई अ’पहरण गरेको आ’रोप लगाउनु भो ।’



