काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १७ हजार ४४७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ६ सय ६६ जना र ३ हजार ५४२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ०९ हजार ११४ पुगेको छ । सोही अवधिमा १ लाख ४५ हजार २६५ जनाले कोरोनावि’रुद्धको खोप लगाएका छन् । हाल नेपालमा २७ हजार ४४१ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा २२१५ जना कोरोना मुक्त भए, १४ संक्रमितको मृ’त्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २१५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ३२ हजार ८२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २० हजार ९८९ जनाको परीक्षण हुँदा हालसम्म कुल ६३ लाख ४० हजार ६६५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ को मृ’त्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ११ हजार ८७८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah