लोकप्रिय गायीका मेचु धिमाल र द भ्वाईस अफ किड्स नेपालकी फिनालिष्ट रुक्साना लिम्बूको सुमधुर आवाजमा सजिएको गीत ‘उड्नु छ’ सार्वजनिक गरिएको छ । अहिलेका व्यस्त निर्देशक हाङ चेम्जोङको निर्देशनमा मेचु धिमाल र रुक्साना लिम्बूकै अभिनय रहेको गीत ‘उड्नु छ’ भिडिायो गायीका मेचु धिमालकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायीका मेचु धिमालकै शव्द तथा संगीतमा सजिएको गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ बिसम आचार्यले गरेका हुने भने गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । एकल नारीले सन्तानलाई हुर्काउनु पर्दाको पिडा, एकल नारीको कथा व्याथालाई प्रस्तुत गरिएको मेचु धिमालकै कथा, परिकल्पना तथा कोरियोग्राफी रहेको भिडियोमा इसाक जबेगुको छायाँकन, सम्पादन तथा कलरिङ, धिरेन र दिपकको लाईट तथा सञ्जु थलङको मेकअप रहेको छ ।

भिडियो हेर्नुहोस…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय