झापाको दमक नगरपालिकाको प्रवक्तामा उपप्रमुख गीता अधिकारी तोकिएकीछन् । नगरपालिकाका सूचनाहरुलाइ सहज रुपमा प्रदान गर्ने उदेश्यले उपप्रमुखलाइ यो जिम्मेवारी प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

उपप्रमुख अधिकारीले नगरपालिकाले दमकबासीहरुलाइ सहज सूचना पुर्याउनका लागि र सूचनाको हकको प्रत्याभूत गराउनका लागि कुनै कसर नराखिने बताएकीछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले प्रेस मैत्री वातवरण तयार बनाउने समेत प्रतिबद्धता जनाएकीछन् ।  उनले पत्रकार भेटघाटमा बोल्दै नगरपालिकाले सहज रुपमा नगरका सूचनाहरु उपलब्ध गराउनी प्रतिबद्धता जनाएकीहुन् । यसका लागि नियमित रुपमा तोकेर पत्रकार सम्मेलन गरिने समेत बताएकीछन् ।