पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवत् समापन हुँदै छ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिन कालागि विसर्जन गरिन्छ । परमेश्वरीको कृपाले उक्त पुस्तक अर्को वर्ष पुनः नखोलुन्जेल हरेक नेपालीका दलिन अनि बलेसीहरुमा शुभ समाचार अनि प्रेरणादायी वाणीहरू छेलोखेलो होस्, हाम्रो शुभकामना !

यस वर्ष पनि स्वस्थानी कथाका अध्यायहरूमा हामीलाई सतीदेवीको बलिदान देखी गोमा ब्राह्मणीको दुःख, दक्ष प्रजापतिको घमन्ड, दम्भ लगायत पृथ्वीको सृष्टि आदि धेरै कुराहरूले ज्ञान अनि प्रेरणा दिएको हुनुपर्छ भन्ने आशा छ । तपाई-हाम्रो आफ्नो प्रिय मोबाइल सहयात्री हाम्रो पात्रो, जसलाई नेपालीपनको पर्यायवाची रुपमा हजुरहरूले आफ्नो मोबाइल र हृदयमा ठाउँ दिनुभएको छ, यसमार्फत यहाँहरूले श्रवण गर्नुहोस् भन्ने उद्देश्यले नै स्वस्थानी परमेश्वरीको महीमाका कथाहरू हामीले विशेष अडियो सामाग्रीको रूपमा दैनिक अध्यायहरू हामीले प्रस्तुत गर्याैं ।

हाम्रो पात्रोको यस पारम्परिक, धार्मिक तथा सांस्कृतिक पहलमा यहाँहरूले देखाउनुभएको माया अनि सद्भाव प्रति हामी कृतज्ञ छौँ, हाम्रा आदरणीय प्रयोगकर्ता, श्रोताहरूलार्इ धेरै धन्यवाद ।गएका पुस्ताले आउने पुस्ता कालागि छाडेर जाने मुख्य कुराहरूमा संस्कार अनि परम्परा पनि अत्यन्त महत्त्वपूर्ण कुरो हो । नेपाली जनमा यस्ता संस्कार अनि परम्पराको ठुलो मूल्य अनि महत्त्व छ यस्तै एउटा सदियौँ पुरानो संस्कार हो ।

श्री स्वस्थानी माताको व्रत कथाको अडियो सामाग्री प्रतिको प्रयास । विभिन्न दस्ताबेज अनि लेखहरूमा स्वस्थानी व्रत कथालाई महिलाहरूले मात्र गर्ने कठिन व्रतका रुपमा चित्रण गरिए तापनि यो विशेष आस्था र देवादीदेवसंग जुटेको स्वस्थानीको व्रत अनि महीमा पुरुषहरूले पनि गर्ने गरेको पाइन्छ । यस अर्थमा स्वस्थानी परमेश्वरीको व्रत अनि आराधना महिला पुरुष दुवैले गर्ने अनि शुभ फल प्राप्त गर्ने जनविश्वास र जनउक्ति छ ।

यो व्रत बस्नाले शान्ति, सुख, समृद्धि अनि आध्यात्मिक चेतनामा वृद्धि भई सुस्वास्थ्य कायम रहने जनविश्वास छ । वैदिक सनातन हिन्द जनको अपरिहार्य यो व्रत कथा शुद्ध चित्त अनि सफा सकंल्प लिएर भक्ति अनि श्रद्धाका साथ पूजा अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकांक्षा पुरा गर्ने यी देवी स्वस्थानीको चार वटा हात छन् र ती हातहरू चक्र, त्रिशूल, तलवार अनि कमलको फूलले सुशोभित छन् ।

श्री स्वस्थानी व्रत कथाको संक्षिप्त साङ्गे विधि:यस विशेष एक महिनाको महत्त्वपूर्ण पाटो भनेको, परिवारका सम्पूर्ण सदस्य भेला भई गरिने कथा वाचन अनि श्रवणका कारणले परिवारमा पनि सद्भाव अनि प्रभावकारी सञ्चार कायम हुन गई पारिवारिक सम्बन्धलार्इ मजबुत पार्दछ । फेरि समापनका अवसरमा सामुदायिक भेला रहने भएकाले सामाजिक सद्भाव अनि एकतामा पनि यसले महत्त्वपूर्ण भूमिका निभाएको छ ।

अहिलेको आणविक खोजी तथा त्यस्ता अनेक अन्वेषण निरन्तर भइरहेको संसारमा वैदिक सनातन संस्कारको हज्जारौ वर्ष अगाडि लेखिएको यही स्वस्थानी महीमाका अध्यायहरूमा संसारको उत्पत्ति अनि कणहरू अर्थात् अणु अनि परमाणुहरूको व्याख्या गरिएको पाइन्छ । स्वस्थानी व्रत कथामा महादेवको सतीदेवी प्रतिको प्रेममय आशक्तिले महिला र पुरुषको अनन्त सम्बन्ध देखाउँदछ भने गोमा ब्राह्मणीको धैर्यताले हामीलाई कस्तै कठिन दुःखमा समेत नडगमगाउन प्रेरित गर्दछ ।

अहिलेको आधुनिक युगमा र यस युगले गर्ने खालका तर्कमा आधारित रहेर पुराना संस्कारहरूलाई बिर्सेर कुल्चँदै अगाडि बढ्ने ती हरेक पाइलाहरूले हाम्रा पुर्खाहरूको पालादेखि चलेको यो संस्कारको गहनता बुझ्दै आफ्ना परम्परागत पहिचानहरूका डोबहरूलाई छोड्न नहुने सन्देश पनि दिएको छ । स्वस्थानी माताले सबैलाई सद्बुद्धि दिनुहोस् ।

हिउँदको जाडोमा न्यानो भएर परिवारका सदस्यहरू एक ठाउँमा भेला भई बडो श्रद्धापूर्वक यी कथाका अध्यायहरू वाचन गरिन्छ, पौष शुक्ल पूर्णिमामा सुरु भएको यो व्रत कथाका ३१ अध्यायहरू अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ । ‘उपनयतु सकल जगनमङ्गलाय’बाट सुरु हुने यो कथा ‘यं व्रह्मा वरूणेरूद्रमरूत’ मन्त्रका साथै समापन हुन्छ ।

यसरी स्वस्थानी माताको श्रद्धापूर्वक महिनाभरि एक छाक फलाहार खाएर व्रत लिएर कथा श्रवण गरेका भक्तजनहरूले आज विशेष पूजा अर्चना अनि समारोह आफ्नो गक्षअनुसार आयोजना गरेर औपचारिक रूपमा स्वस्थानीको समापन या भनाै साङ्गे गर्ने चलन छ । यस्ता साङ्गेहरूमा छरछिमेक अनि आफन्त बोलाएर शाकाहारी भोजन गराउने अनि कन्या केटीहरुलाई टीका लगाएर दक्षिणा दिने पनि चलन रहेको छ ।

समापनका अवसरमा धेरै ठाउँमा मेला लाग्ने गर्दछ, जसमा यस स्वस्थानी महिमा कथाको मूल तथा विशेष क्षण अथार्त् काठ्माण्डाैको साँखुस्थित शालिनदीमा एकाबिहानैदेखि भक्तजन तथा व्रतालुहरूको बाक्लो उपस्थितिमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम समेत बस्ने चलन रही आएको छ । सबै उमेर समूहको उपस्थिति धेरै रहने यस्ता जाग्राममा भजन कीर्तन गाउने, नृत्य देखाउने र अन्य रमाइला सामाजिक क्रियाकलापहरू पनि हुन्छ ।

यसरी सामूहिक रूपमै स्वस्थानी परमेश्वरीको व्रत कथा साङ्गे आयोजना गर्दा सम्पूर्ण समुदायलाई फाइदा हुने जनविश्वास छ ।परमेश्वरीको कथा भन्ने सुन्ने अनि आत्मसाथ गर्ने सबैको जय होस्, श्लेष्मान्तक वन, सुमेरु पर्वत, कैलाश पर्वत, गुह्येश्वरी अनि शालिनदी लगायत विभिन्न क्षेत्रहरूको वर्णन गरिएको यो कथाका अधिकांश ठाउँहरू नेपालमै पर्दछन्, यस अर्थमा स्वस्थानी परमेश्वरीको प्रिय भू-भाग नेपाल अनि समग्र नेपालीहरूको कल्याण होस् ।

हामी पुनः अर्को वर्ष यिनै पौराणिक कथा र यिनका विशेष पात्रहरूका साथ पुनः आउने नै छौँ । तपाइलाई मन पर्ने अन्य थुप्रै सामाग्रीहरू अझै छन् र अाउँदैपनि छन्, सुन्दै गर्नोस्, हेर्दै गर्नोस् तथा प्रयोग गर्दै गर्नोस् हाम्रो पात्रो । नमस्कार !“सुन्नेलाई सुनको माला.भन्नेलाई फूलको माला,यी कथाहरू वैकुण्ठ जाला,फेरि अर्को वर्ष सुरु सुरु आई जाला”श्री स्वस्थानी परमेश्वरीको जय!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah