राधेश्याम खतिवडा

चितवन, साउन ११ – २० वर्षपछि निर्वाचित जनप्रतिनिधि पाउँदा भरतपुर महानगरका वडावासी जति हर्षित भएका छन्, निर्वाचित जनप्रतिनिधीले जिम्वेवारी नपाउँदा त्योभन्दा बढि दुःखी छन् । चितवनका ५ वटा नगरपालिका र एक गाउ पालिकाका तहका निर्वाचित प्रतिनिधीले काम सुरु गरिसकेको दुई महिना पुग्न लागि सकेको छ ।

आर्थिक वर्ष २०७४/०७५ को लागि नीति तथा कार्यक्रम तय गर्दै गाउँ र नगर परिषद सकिएको छ । प्रमाण पत्र नपाउँदा,सपथ नखुवाउँदा र जिम्वेवारी नदिंदा भरतपुर महानगरका विजयी प्रतिनिधीहरु आफै अन्यौलमा रहेका छन् । नगर बासिन्दा पनि आफ्ना निर्वाचित प्रतिनिधीलाई जिम्वेवारीबिहीन बनाईंदा थप निराश छन् ।

शपथ खाएको छैन, प्रमाणपत्र पाएको छैन भनेर त्यसै बस्न नमिलेको बताउँदै भरतपुर महानगरपालिका वडा नं. ५ का अध्यक्ष पदमपाणि सुवेदी काम गर्ने कानुनी हैसियत नभएपनि काममा खटिएको बताउनुहुन्छ । वडाका नागरिकले गुनासो र  काम लिएर आउँदा सकेको सहयोग गरेपनि ढुक्क भएर काम गर्ने वातावरण नभएको सुवेदीले बताउनुभयो । २९ वटा वडा रहेका भरतपुर महानगरपालिकामा निर्वाचित घोषणा भएका २७ वटा वडाका वडाध्यक्षसहितका पदाधिकारीको अवस्था अहिले यस्तै छ ।

जेठ १४ को मध्यरातपछि तनाव

पहिलो चरणको निर्वाचन कार्यक्रमअनुसार भरतपुरमा वैशाख ३१ मा मतदान भएको थियो । जेठ १ गतेबाट मतगणना सुरु भयो । भोलिपल्ट जेठ २ गते साँझबाट परिणाम आउन सुरु भयो । जेठ १४ गते दिउँसोसम्म २७ वटा वडाको मतपरिणाम घोषणा भयो । मत गन्न बाँकी वडाहरू १९ र २० मात्रै थिए । १९ को मत गनेर सकिने बेलामा मतपत्र च्यातिएपछि जेठ १४ को मध्यरातबाट सुरु भएको भरतपुरको अन्योल अहिलेसम्म कायमै छ ।

कुल २८१८ मत खसेको भरतपुरको १९ नम्बर वडामा १८ सय मत गनेर सकिएर अन्तिम हुँदै गर्दा मतपत्र च्यातिएका हुन् । मतपत्र च्यातेको आरोपमा प्रहरीले माओवादीको दुईजना गणना प्रतिनिधिलाई तत्काल गिरफ्तार गरी चितवन जिल्ला अदालतमा मुद्दा दायर भयो । पछि उनीहरु धरौटीमा रिहा भइसकेका छन् । २० नम्बर वडामा ३ हजार ३ सय २ मत खसेको थियो ।

मेयर पदमा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल प्रतिस्पर्धामा थिए । गणनाको अन्तिम नतिजा आउँदासम्म एमालेका ज्ञवाली माओवादीकी दाहालभन्दा ७ सय ३३ मतले अघि थिए ।

सबैको ध्यान सर्वोच्चमा

सर्वोच्च अदालतले समेत पटक पटक मिति सार्दा वा समयमा फैसला गर्न नसक्दा महानगरका नागरिक निरास छन् ।  अहिले वडा नं. १९ मा मतगणना सुरु गर्ने वा फेरि मतदान गर्ने भन्ने विषय सर्वोच्च अदालतसम्म पुगेको छ । यसरी अन्यौलमा रहेर भरतपुरका नागरिकलाई अनिर्णयको बन्दी बनाइनु दुखद भएको भरतपुरका रमेश काफ्ले बताउनुहुन्छ । आफूहरुले दिएको मत दुई महिनासम्म बन्धक बन्नु र निर्वाचित प्रतिनिधिले काम गर्न नपाउनु दुःखको कुरा भएको उहाँले बताउनुभयो ।

जनप्रतिनिधि पाउँदा उत्साहीत भए पनि जनप्रतिनिधिले जिम्मेवारी नपाएर नगरका धेरै योजना कार्यान्वयनमा नआउँदा दुःख लागेको भरतपुर महानगर २ का विनोद मिश्रले बताउनुभयो । सर्वोच्च अदालतले छिटो निर्णय दिएर भरतपुरका नागरिकलाई न्याय दिनुपर्ने उहाँको भनाई छ ।

निर्वाचन आयोगले फेरि मतदान गर्नुपर्ने निर्णय गरे पनि १९ नम्बर वडामा एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान बिक र अधिवक्ता तुलसीराम पाण्डेले च्यातिएका मतपत्र बदर गरी बाँकी मतगणना माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । एमालेले गणना माग गर्दै आएको छ भने कांग्रेस र माओवादीले फेरिमतदान हुनुपर्ने अडान लिएका छन् । एमाले चितवनका उपाध्यक्ष तेजेन्द्र खड्काले ढिलो न्याय दिनु भनेको न्याय नपाउनुसरह भएको बताउँदै न्यायालयले प्राथमिकतामा राखेर छिटो निर्णय गर्नुपर्ने बताउनुभयो ।

मतपत्रमा मुसा लागे कि ?

मध्यरातमा मतपत्र च्यातिएसँगै भरतपुर महानगरपालिकाका मतपत्र प्रहरी घेरामा छन् । गणना रोकिएपछि मतगणना भएको क्षेत्र भरतपुरको कभर्ड हलको आसपास क्षेत्रलाई निषेधित घोषणा गर्दै प्रहरीले घेरा हालेको थियो । अहिले कभर्ड हलसँग जोडिएको ठाउँमा मात्र प्रहरीले सुरक्षा दिएर बसेको छ । यो त बाहिरी सुरक्षा हो ।

कभर्ड हलमा मुसा लाग्ने गरेको छ । भित्र रहेको मतपत्र बाहिरबाट प्रहरीले हेर्न मात्र सक्छन् । गेटमा ताला लगाइएको छ । जनपदका ५० र सशस्त्रका २५ प्रहरी चौबीसै घण्टा खटिदै आएका छन् ।

मतपत्र गणना गर्नेक्रममा प्रयोग भएको कपडा, कागजी मतपत्र र गणना हुन बाँकी मतपत्र रहेको पेटिकालाई कपडाले बेरेर राखिएको छ छ । २९ वडाका मतपत्र, लामो समयसम्म लगाएर गाणना गर्दा गणक वसेका कपडा लगायतका सामाग्री हल भित्र छन् ।

मतपत्र च्यातिएपछि स्थगित भएको गणना स्थलमा मुचुल्का उठाउन र च्यातिएको संख्या गणना गर्न एकदिन एकछिन खोलिएपछि भवन खुला भएको छैन । भवनको मूल गेटमा ताला लगाइएको छ । भवनको गेटमा निर्वाचन कार्यालय र मतगणनाको माग गर्दै आएको नेकपा एमालेले छुटाछुटै ताला लगाएका छन् । खुला भवन वरपर खुला चौर र बर्षातको समय झाडी बढेका कारण हलभित्र मुसा पस्न सक्ने सम्भावना छ । उज्यालो अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah