स्थानीय तहमा जनप्रतिनिधि भएपछि वडा–वडामा कार्यालय खोल्ने काम भइरहेको छ । तर, कृष्णपुर नगरपालिकाकामा अचम्मको काम भएको छ । कृष्णपुर नगरपालिका १ नम्बर वडाको कार्यालय २ नम्बर वडामा खोलिएको छ ।

जिल्ला स्तरबाट मिल्ने सेवासुविधा गाउँ र नगरपालिकाबाट तथा गाविस र नगरपालिकाबाट मिल्ने सुविधा वडाबाट मिल्ने भनेर चुनावका बेला प्रचार गरिएझैं अधिकांश स्थानीय तहमा वडामै कार्यालय खोल्ने कार्यक्रम चलिरहेका छन् ।

तर, कृष्णपुर नगरपालिकाको १ नम्बर वडा दुर्गम क्षेत्रमा परेपछि नगरपालिकाका नगर प्रमुख (मेयर) सहितको उपस्थितिमा १ नम्बर वडा कार्यालय २ नम्बर वडामा खोलिएको छ । वडा कार्यालय उद्घाटनमा अर्काे अचम्म भएको छ– वडामा निर्वाचित जनप्रतिनिधिको उपस्थिति बिना नै अर्कै वडामा वडा कार्यालय उद्घाटन गरिएको छ ।

आफू निर्वाचित वडाको कार्यालय उद्घाटन हुनेबारे कुनै जानकारी नपाएको बताउँदै वडा अध्यक्ष मोहन बस्नेतले कार्यालय उद्घाटन भइसकेपछि जानकारी पाएको बताए । ‘म ४/५ दिनदेखि बिरामी भएर अस्पतालमा थिए । मंगलबारमात्र घर पुगेको हुँ,’ उनले भने, ‘मसँग वडा कार्यालय खोल्नेबारे कुनै समन्वय भएको छैन ।’

१ नम्बर वडा कृष्णपुरको विकट र यातायातको सुविधाबाट टाढा रहेको बताउँदै अध्यक्ष बस्नेतले भने, ‘वडा कार्यालय खुलेको स्थानमा जानु र कृष्णपुर नगरपालिका जानु उस्ताउस्तै हो । वडा कार्यालय सम्बन्धित वडामै खोलेर सेवासुविधा वडाबाटै दिनुपर्छ ।’ १ नम्बर वडाबाट वडा कार्यालय खुलेको स्थानसम्म पुग्न साइकलमा डेढ घण्टासम्म लाग्ने गरेको उनले बताए ।

असार २६ गते बसेको पहिलो नगर सभा बैठकले प्रत्येक वडामा वडा कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । निर्णय विपरित कृष्णपुर नगरपालिकाको १ र २ नम्बर वडाको संयुक्त वडा कार्यालय खुलेपछि विरोध भएको छ ।

१ नम्बर वडाका स्थानीय वासिन्दा र जनप्रतिनिधिले वडामै छुट्टै वडा कार्यालयको माग गरेका छन् । १ नम्बर वडाका वडा अध्यक्षलाई समेत जानकारी नदिई संयुक्त वडा कार्यालय स्थापना गरिनु जनप्रतिनिधिमाथिको अपमान भएको माओवादी केन्द्रका नगर सदस्य मदन भण्डारीले बताए ।

वडा अध्यक्षको उपस्थिति बिना नै वडा कार्यालय उद्घाटनमा मेयरको सहभागिता थियो । कृष्णपुरका मेयर नेकपा एमालेका हुन् भने १ नम्बर वडाका अध्यक्ष नेपाली कांग्रेसका हुन् ।

फरक राजनीतिक दलबाट निर्वाचित वडा अध्यक्षलाई जानकारी नै नदिई कृष्णपुरका मेयरले अर्कै वडामा वडा कार्यालय स्थापना गरेका छन् । कृष्णपुर नगरपालिका–२ वाणिमा खोलिएको वडा कार्यालय २ नम्बर वडाको कार्यालय मात्र भएको कृष्णपुर नगरपालिकाका कार्यकारी अधिकृत गणेशसिंह ऐरले दावी गरे । ‘१ नम्बर वडाको वडा कार्यालय खुलेको छैन ।

कर्मचारीको व्यवस्थापन नभएकाले १ नम्बर वडाको कार्यालय नखोलिएको हो,’ उनले भने । तर, वाणिमा वडा कार्यालय खुलेको दिन सबै राजनीतिक दलका प्रतिनिधि लगायतले संयुक्त वडा कार्यालयको नाम दिएका थिए ।

१ नम्बर वडाका वासिन्दालाई २ नम्बर वडा कार्यालयबाट नै सेवा दिने भनेर १ नम्बर वडाका स्ट्याम, छाप, दर्ता चलानी लगायतका कागज २ नम्बर वडाको कार्यालय पुर्‍याइएको थियो । २–३ दिनभित्र १ नम्बर वडामै वडा कार्यालय खोलिने कार्यकारी अधिकृत ऐरले बताए ।

सम्बन्धित वडाका जनप्रतिनिधिले विरोध जनाएपछि २ नम्बर वडामा संयुक्त वडा कार्यालय खोल्ने निर्णय फिर्ता लिइएको कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेमबहादुर विष्टले बताए । २ नम्बर वडाको वडा कार्यालय उद्घाटनको दिन राजनीतिक दलका प्रतिनिधिले कार्यक्रममा बोल्दा संयुक्त वडा कार्यालय भनेकाले संयुक्त वडा कार्यालय खुलेको हल्ला फैलिएको कृष्णपुर नगरपालिका मेयर कर्णबहादुर हमालले बताए ।

‘कृष्णपुर नगरपालिका १ र २ नम्बर वडाको संयुक्त वडा कार्यालय खुलेको छैन, अहिले २ नम्बर वडाको कार्यालय मात्र खोलेका हौं,’ उनले भने, ‘कर्मचारी व्यवस्थापन गरी १ नम्बर वडाको कार्यालय खोलिन्छ ।’

कृष्णपुर नगरपालिकाका जनप्रतिनिधिले १ नम्बर वडाको भुगोललाई वेवास्ता र जनमतको अपहेलन गरी २ नम्बर वडामा वडा कार्यालय स्थापना गरेको माओवादी केन्द्रका १ नम्बर वडा अध्यक्ष जंगबहादुर बुढाले बताए ।

उनका अनुसार कृष्णपुर नगरपालिकाको नगर सभाले नगरपालिकाबाट दिइने सेवा सुविधा सहज, सरल र छिटोछरितो दिन तथा जनताको अधिकार घरआँगनमा पुर्‍याउने भन्दै असार २६ गते ९ वटै वडामा कार्यालय स्थापना गरी साउन १ गतेदेखि कार्यसञ्चालन गर्ने निर्णय गरेको थियो ।

वडा कार्यालयमा के के काम हुन्छन् ?
प्रस्तावित स्थानीय शासन सञ्चालन ऐन अनुसार वडा कार्यालयले आफ्नो क्षेत्रभित्र नाता प्रमाणित गर्नेछ । नागरिकताका लागि सिफारिस गर्ने र नागरिकताको प्रतिलिपि लिनलाई पनि सिफारिस गर्नेछ । यसअघि यो काम गाउँ विकास समितिले गर्दै आएको थियो ।

यस्तै, बहाल करको लेखाजोखा सिफारिस गर्नें, कोठा खोल्न रोहबरमा बस्ने, मोही लगत कट्टा सिफारिस गर्ने, घर जग्गा करको लेखाजोखा सिफारिस गर्ने र जन्म मिति प्रमाणित गर्ने काम पनि अब वडा कार्यालयको हुनेछ ।

वडा कार्यालयले व्यापार व्यवसाय बन्द भएको वा सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस गर्नेछ । मिलापत्र, कागज गराउने निवेदन दर्ताको काम पनि वडा कार्यालयले गर्नेछ । विवाह दर्ता, निःशुल्क उपचार सिफारिस, विषय प्रमाणीकरण, नक्सापास प्रमाणितको काम पनि वडा कार्यालयले गर्नेछ ।

व्यक्तिगत विवरण दर्ता, पूर्जामा घर कायम गर्ने सिफारिस, नाता प्रमाणित, जग्गाधनी पूर्जा हराएको सिफारिस, कागज र मञ्जुरीनामा प्रमाणित गर्ने, कित्ताकाट सिफारिस गर्ने, हकवाला र हकदार प्रमाणित, नामसारी सिफारिस गर्ने काम काम पनि वडा कार्यालयले आफैं गर्नेछ ।

पूर्व प्राथमिक विद्यालय खोल्ने अनुमति, जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित, विद्यालयको कक्षा वृद्धिको सिफारिस, वैवाहिक अंगीकृतको सिफारिसको कामसमेत वडा कार्यालय आफैंले गर्नेछ ।मानसखण्डबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah