प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ५० दिनपछि मन्त्रीमण्डल गठन गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुको सपथ शितल निवासमा चल्दैछ । मन्त्रीमण्डलमा कांग्रेस, माओवादी केन्द्र, फोरम लोकातान्त्रिक र नेकपा संयुक्तका नेताहरु समावेश हुँदैछन् । बुधवार १९ जना नयाँ मन्त्री थपिएका छन् । योसँगै मन्त्रीमण्डल झण्डै २५ सदस्यीय बनेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिले सम्मको अवस्था हेर्दा मन्त्रीमण्डलमा महिलाहरुको संख्या भने कम छ ।

हेरौं कसले कुन मन्त्रालय पाए ?

कांग्रेसबाट

भिमसेनदास प्रधान, रक्षा

बीरबहादुर बलायत, भौतिक योजना तथा पूर्वाधार

महेन्द्र यादव, खानेपानी

मीन विश्वकर्मा, वाणिज्य

राजन केसी, युवा तथा खेलकुद

यज्ञबहादुर थापा, कानून

रामकृष्ण यादव, कृषि

संजयकुमार गौतम, सिंचाई

मोहन बस्नेत, संचार

अम्बिका बस्नेत, सहकारी

माओवादीबाट

गिरीराजमणि पोख्रेल, स्वास्थ्य

टेकबहादुर बस्नेत, सामान्य प्रशासन

सन्तकुमार थारु, पशुपंक्षी

महेन्द्र शाही, उर्जा

आशा कोइराला, महिला तथा बालबालिका

शिवकुमार मण्डल, आपूर्ति

फोरम लोकतान्त्रिकबाट

जितेन्द्र देव, संस्कृति तथा पर्यटन

गोपाल दहिद, भूमिसुधार

नेकपा संयुक्तबाट

मिथिला चौधरी, वातावरण