सुनको भाउ साताको पहिलो दिन आइतबार प्रतितोलामा १०० रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।
गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मुल्य भने स्थिर छ । शुक्रबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्य कायम गरिएको महासंघले जनाएको छ ।
थप समाचार :पूर्व सचिव युवराज पाण्डेले विद्यावारिधि (पीएच्.डी) गरेका छन् । २०७८ मंसिर ७ गते नेपाल संस्कृत विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय दाङले पाण्डेलाई विद्यावारिधि (पीएच्.डी)उपाधि प्रदान गर्ने निर्णय भएको सूचना प्रकाशित गरेको छ ।यसबाट पूर्व सचिव पाण्डे नेपाल सरकारको विशिष्ट श्रेणीको सचिवपदबाट निवृत्त भएपछि विद्यावारिधि गर्ने व्यक्ति समेत भएका छन् ।
पाण्डेले भगवद्गीताको आर्थिक व्याख्या र नेपालको विकास नीतिमा यसको सान्दर्भिकता (इकोनोमिक इन्टर्प्रेटेसन अफ भगवद्गीता एन्ड इट्स रिलेभेन्स इन रिसेन्ट डेभलपमेन्ट पोलिसिज अफ नेपाल)भन्ने विषयमा गरेको शोधकार्यबाट यो उपाधि प्राप्त गरेका छन् ।
यो विषयमा नेपालमा यस अघि कसैले पनि विद्यावारिधि नगरेको र अरु मुलुकमा समेत यसै विषयमा अहिलेसम्म अरु कसैले विद्यावारिधि गरेको कुरा आफूले थाहा नपाएको वा नगरेको दावी समेत उनले गरेका छन् ।पाण्डेको दावी अनुसार, यस शोधकार्यबाट उनले नेपाल मात्रै होइन अन्तर्राष्ट्रिय क्षेत्रमा समेत इतिहास रच्न सफल भएका छन् ।
पछिल्लो समयमा नेपालको विकास नहुनुको एउटा प्रमुख कारण यहाँको सर्वाधिक प्रभावशाली धर्म र संस्कृति हो भन्ने दावी कतिपय समाजशास्त्रीहरू र शीर्षस्थ नेताहरूले नै गरिरहेको पृष्ठभूमिमा सो कुरा साँचो हो होइन भन्ने कुराको उत्तर खोज्ने प्रमुख उद्देश्य राखेर यस विषयमा शोध कार्य गरेको बताएका छन ।
नेपालले अवलम्वन गर्दै आएको विकास नीतिमा कमजोरी रहेको कारणले नै ६÷७ दशकको विकास प्रयास पछि पनि नेपालको विकास हुन नसकेको हो भन्ने लागेकोले उपयुक्त विकास नीतिको पहिचान गर्ने उद्देश्य समेत राखेर यस विषयमा शोध कार्य गर्न अग्रसर भएको कुरा पनि उनले बताएका छन् ।
म्याक्स वेवरले आफ्नो ‘‘प्रोटेस्टेन्ट इथिक एण्ड स्पिरिट अफ क्यापिटलिज्म’’ भन्ने पुस्तकमा निकालेको ‘‘प्रोटेस्टेन्ट इथिक विकास मैत्री छ, हिन्दु, बुद्ध, मुस्लिम आदि अन्य इथिक वा धर्म संस्कृति त्यति विकास मैत्री छैनन्’’ भन्ने निष्कर्ष सही नभएको र सनातन हिन्दु धर्म संस्कृति समेतका गैह्र प्रोटेस्टेट इथिकको अपर्याप्त र एकपक्षीय अध्ययनबाट निस्केको गलत निष्कर्षमा आधारित भएको निष्कर्ष पाण्डेले निकालेका छन् ।
त्यसैले नेपालको विकास नहुनुको कारण यहाँको धर्म संस्कृति र दर्शन नभएर यहाँको धर्म संस्कृति र दर्शनले अंगिकार गरेका विकासमैत्री प्रस्तावनाहरूको आर्थिक विकास सम्बन्धी नीति निर्माताहरूले गर्दै आएको उपेक्षा र नीतिनिर्माणमा गरिंदै आएको अरुको अन्धानुकरण बढी हो भन्ने निष्कर्ष पाण्डेले निकालेका छन । उनलेआफ्नो शोधकार्यबाट ‘‘नीतिमूलक अर्थशास्त्रको सिद्धान्त वा इथिकोनोमिक्सको सिद्धान्त’’
प्रस्ताव गरेका छन् । नैतिकताका आधारभूत मान्यताहरू अंगालेर गरिएका आर्थिक क्रियाकलापबाट मात्र वास्तविक र टिकाउ वा दिगो विकास संभव हुन्छ भन्नेकुरालाई नीतिमूलक अर्थशास्त्रको सिद्धान्तको आधारभूत मान्यता र मर्मको रुपमा लिनुपर्छ भन्ने डा. पाण्डेको तर्क छ ।
यसरी वैदिक दर्शनको सारको रुपमा लिइने भगवद्गीताले समृद्धिको सही बाटो देखाएको छ, स्वस्थ आर्थिक क्रियाकलापबाट हासिल गरिने विकास र समृद्धिको पक्षपोषण गरेको छ भन्ने यो निष्कर्षले विकास नीति निर्माताहरू र समाजशास्त्रीहरूलाई आफ्नो सोंच परिवर्तन गर्न र नयाँ र आग्रहरहित भएर सोच्न प्रेरित गर्न खोजेको छ ।



