प्रधानमन्त्री शेरबहादुर देउवाले आलोचनाकैबीच मन्त्रिपरिषद् विस्तार गरेका छन् । यद्यपि, सपथ ग्रहणमा मन्त्रीहरुको ‘ड्रेस कोड’लाई लिएर चर्चा भएको छ । केही समय पहिले राष्ट्रपतिको कार्यक्रममा सहभागि हुने पत्रकारलाई नै औपचारिक पोसाक लगाउन पत्राचार भएकामा वुधबार सपथ ग्रहण गर्ने मध्येका एक महेन्द्र यादवले न औपचारिक पोसाक लगाउन भ्याए । न उनलाई जुत्ता लगाउने होस् नै भयो ।

हुन त उनले साधारण रुपमा आफ्नो मधेसको मौलिकता देखाउन पनि खोजेका होलान् वा जनताको काम गर्ने त हो नि साधारण रुपमै सपथ खाए के फरक पर्छ भन्ने हेतु पनि हुन सक्ला । यद्यपि, उनले धोती लगाएको भए केही फरक देखिन्थ्यो । जसरी मधेस केन्द्रीत दलका नेताहरु संसदमा धोती नै लगाएर सहभागि हुने गरेका छन् । यस्ता विभिन्न अड्कल काट्न थालिएको छ ।

यद्यपि, उनको सपथ ग्रहणलाई लिएर थुप्रै चर्चा भएका छन् । यतिसम्म कि मन्त्री बनाउने तयारी गरिएका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले सपथ लिन पाएनन् । महेन्द्र हतार–हतार सपथ लिन पुगे । ‘ड्रेस कोड’को नियम पालना नहुँदा सार्वजनिक पद धारण गरेका व्यक्तिले लगाएको पोशाकका विषयमा सधैं चर्चा र विवाद हुने गरेको छ ।

धनुषाबाट समानुपातिकमा सांसद भएका यादवले चप्पलमै सपथ ग्रहण गरेपछि यो  विषयले फेरि एक पटक चर्चा पायो । देउवाको मन्त्रिपरिषद्मा अन्तिम समयमा आएर सामेल हुने अवसर पाएका यादवले कुर्ता पाइजामा र चप्पलमै खानेपानी तथा सरसफाई मन्त्रीको सपथ लिए ।

यस्तै, सपथमा आठ जना मन्त्री दौरा सुरुवाल कोट र टोपीमा सहभागी भए ।  अम्बिका बस्नेत साडी चोलोमा देखिइन् । त्यस्तै गोपाल दहित सर्ट, पाइन्ट, कोट र टोपीसहित स्पोटस् जुत्तामा देखिए ।

एक जना सरकारी अधिकारीले भने, ‘गणतन्त्र स्थापनापछि सपथ ग्रहणमा दौरा सुरुवाल अनिवार्य छैन तर, यस्ता सार्वजनिक कार्यक्रममा आफैले कस्तो पोशाक लगाउने भन्ने आफै सचेत हुनपर्ने हो ।’ मन्त्री यादवले कुर्ता पाइजामा लगाए पनि जुत्ता लगाएको भए राम्रो हुने ति अधिकारीको भनाई छ । राष्ट्रपति कार्यालयले राष्ट्रपतिको कार्यक्रममा सहभागि हुने सञ्चारकर्मीलाई औपचारि पोसाकमा पठाउन भन्दै केही समय पहिले पत्राचार गरेको थियो । हाम्रा कुरा बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah