मानिसको टाउकोमा छाला मर्ने र नयाँ पैदा हुने क्रम निरन्तर चलिरहन्छ । त्यसक्रममा टाउकोमा सेता, मसिना, फुस्रा दागहरू, धुलो देखिन थाल्छन् । यसैलाई हामी चाया भन्छौँ । गर्मी मौसमको तुलनामा जाडोमा चायाको समस्या बढी हुन्छ।

चाया पर्ने कारण

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कपालमा तेल धेरै हुँदा ।

फङ्गस ।

हर्मोनमा हुने परिवर्तन ।

वंशाणुगत ।

लामो समयसम्म ननुहाउनु ।

घाममा धेरै बस्दा ।

टाउकोमा धेरै पसिना आएमा।

टाउकोलाई गुम्स्याएर राख्दा ।

चाया परेको व्यक्तिको कपाल कोर्ने ब्रस तथा काइँयो प्रयोग गर्दा।

अरूले प्रयोग गरेको टावेल प्रयोग गर्दा।

कपालमा विभिन्न रसायन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा ।

थकान र चिन्ता ।

कस्तो अवस्थामा डाक्टरलाई देखाउने ?

चायाका कारण टाउकोमा घाउ भएमा।

धेरै चिलाएमा।

छाला खुइलिन थालेमा।

कपाल निरन्तर धेरै मात्रामा झर्न थाल्यो भने छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ ।

बच्ने उपाय :

टाउको कम्तीमा हप्तामा तीन पटक नुहाउने ।

नुहाउनुभन्दा पहिला तेल लगाउने ।

धेरै घाममा खाली टाउको नबस्ने ।

सुख्खा हुन नदिन नुहाएपछि नरिवलको तेल वा सेरम लगाउने ।

धेरै चाया परेको छ भने दिनदिनै नुहाउने ।

राम्रो खालको स्याम्पुको प्रयोग गर्ने, धेरै स्याम्पु परिवर्तन नगर्ने ।

सेल्सन, किटेकोनाजोल स्याम्पुको प्रयोग गर्ने ।

(टिचिङ अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डाक्टर सुदिप पराजुलीसँगको कुराकानीमा आधारित)