काठमाडौं । चुम्बन माया, प्रेम मात्र नभई सद्भाव व्यक्त गर्ने माध्यम हो। यद्यपि यौनिक सम्बन्ध तथा क्रियाकलापसँग यसको बढी सम्बन्ध हुन्छ। चुम्बन केवल प्रेम, आशक्ति तथा समर्पण व्यक्त गर्ने उपाय मात्र होइन। विज्ञहरुका अनुसार यसका विभिन्न खाले स्वास्थ्य फाइदाहरु छन् ।

सम्बन्ध विकास गर्नः चुम्बनले दम्पती तथा पार्टनरबीचको आत्मीय सम्बन्धलाई झनै दहि्रलो बनाउनुका साथै सम्बन्धमा विश्वास बढाउने काम गर्छ। चुम्बनका बेला पैदा हुने अक्जिटोसिन नाम हर्मोनले एक अर्कामा प्रेम तथा सम्बन्ध र विश्वास पैदा गर्न सहयोग पुर्‍याउँछ।

यौन सन्तुष्टिमा बढोत्तरी : चुम्बन यौन सम्पर्क तथा पाकक्रिडाको महत्वपूर्ण हिस्सा हो। गहिलो तथा मायावी चुम्बनले यौनक्रिडालाई बढि सन्तुष्टदायी बनाउँछ।

रोग प्रतिरोधी क्षमता बढाउँछ : विज्ञहरुका अनुसार चुम्बनले मानिसमा रोगप्रतिरोधी क्षमता बढाउँछ। पाकक्रिडामा प्रसस्त चुम्बन गरेर मात्र यौन सम्पर्क गर्ने मानिसहरुमा यौनजन्य रोगको संक्रमणको खतरा घट्ने विभिन्न अनुसन्धानले देखाएका छन्।

खुसी बनाउँछ : चुम्बनका बेला मानिसमा इन्डोफिन तथा इन्डोफिर्न हर्मोन पैदा हुन्छन्। यो हर्मोनले मानिसको मूडलाई रिल्याक्स बनाउँछ। जसका कारण मानिसमा खुसी पैदा हुन्छ। तनाव भएको बेलामा आफ्नो पार्टनरलाई चुम्बन गर्नुहोस्, एकाएक मूड फ्रेस हुन्छ र जिउ हल्का तथा तनावरहीत हुन्छ।

दुखाइ कम गर्छ : तात्तातो चुम्बन सत्रका बेला जिउबाड एड्रीनलाइन तत्व उत्सर्जन हुन्छ। यसले जिउमा दुखाइ कम गर्छ। टाउको दुखेको छ ? त्यसो भए पार्टनरसँग मज्जाले चुम्बन गर्नुहोस् अनि महसुस गर्नुहास् यसको फाइदा।

मोटोपना घटाउँछ : चुम्बनका बेला पनि जिउमा प्रसस्तै क्यालोरी दहन हुन्छ। नियमित रुपमा व्यायाम गर्न नसक्ने तथा फुर्सद नहुने मानिसहरुले मोटोपनाबाट जोगिनका लागि नियमित चुम्बन गर्नु लाभदायी हुने विज्ञहरुको सुझाव छ।

तन्नेरी बनाउँछ : चुम्बनले अनुहारका मांशपेशीलाई कसिलो तथा मजबुत बनाउने र मानिसको अनुहारलाई तन्नेरी रुप दिन सहयोग पुर्‍याउँछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah