सवाल नेपाल डेक्स/दमक
भरतपुर महानगरको मतगणना बिबादको बिषयमा बिहिबार चाहि फैसला हुने आम नागरिकको अपेक्षा रहेको थियो तर भएन । फेरी पनि निराशा र हिस्स पर्ने अवस्था आएको छ ।
कयौ पटक बहस र फैसलाको समय सरेको सरयै गरेपछि जनता निराशमात्र होइन अदालतप्रति नै आक्रोश हुने अवस्थामा पुगिसकेकाछन् । बिहिबार फैसला आउनेमा आम नागरिक ढुक्क रहेका थिए ।
बिहिबार बहस सकिएपनि फैसला आएन । सर्वोच्च अदालतले यसो गर्छ र यति लामो समयसम्म यो बिषयमा फैसला आउदैन भन्ने कसैले कल्पना गरेका थिएनन् । तर भइदियो त्यस्तै ।
एक अधिवक्ताका अनुसार यो सर्वोच्च अदालतको इतिहासमा एउटा नराम्रो नजिर बन्ने बताए । सर्वाधिक चासोको बिषयलाइ यसरी अनिर्णयको बन्दि बनाउनु गलत भएको उनको भनाइ थियो ।
यसले आम सर्वसाधरणमात्र होइन उम्मेद्वारलाइ नै हैरानी थोपरेको छ । मानसिक तनाव दिएको छ । पुन निर्वाचन भए तयारी गर्ने र नभए पनि ढुक्क हुने उनिहरुले बताउदै आएकाछन् ।
बहस सकिएको र आइतवार फैसला आउने बताइएको छ । यसमा अझै पनि आम नेपाली र उम्मेदवारहरु पनि ढुक्क छैनन् । अब आउला फैसला भनेर सर्वोच्च अदालतमा आँखा लगाएकाहरुको आँखा नै ट्टइसकेको छ ।



