पुदिना एउटा यस्तो वनस्पति हो जसलाई हामी घरमा प्रयोग गरिरहेका हुन्छौँ, अचार बनाउन । अझ चट्नीमा पुदिना हाल्यो भने त त्यसको स्वाद नै फरक हुनसक्छ । त्यसो त पुदिनाका अनेक फाइदा पनि छन् । जस्तो कि यसले हामीले खाएको खाना पचाउन निकै सहयोग गर्छ ।त्यति मात्र होइन, यसले विभिन्न रोगलाई पनि उपचार गर्न सक्छ । पुदिनामा मेन्थोल, प्रोटिन, वसा, कार्बोहाइड्रेट, भिटामिन ए रिबोफ्लेबिन, तामा, फलामजस्ता शरीरलाई आवश्यक तत्वहरु पाइन्छ ।यतिमात्र होइन, पुदिनाले उल्टी पनि रोक्न सक्छ ।

पेटमा जम्मा हुने ग्यासलाई भगाउन वा ज्वरोलाई ठिक पार्न पनि पुदिनाको प्रयोग गर्न सकिन्छ ।पेटसँग जोडिएका अन्य रोगहरुका लागि पनि अचुक औषधि हो, पुदिना । पुदिनाको प्रयोग गर्दा बेसार र तातो पानीमा गर्न सकिन्छ । एक चम्चा पुदिनाको रस तातो पानीमा मिलाएर खाने हो भने यसले वमिट पनि रोक्न सहयोग गर्छ ।तर, सतर्क चाहिँ के कुरामा हुनुपर्छ भने पुदिनाको प्रयोग अधिक मात्रामा गर्नु हुँदैन । धेरै पदिना खाँदा चाहिँ फेरि हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनसक्छ ।

थप् समाचार :आजकलको व्यस्त जिन्दगीमा काम गर्नका लागि अत्यधिक ऊर्जा चाहिन्छ । तर केही मानिस अलिकति काम गर्नेबित्तिकै थाक्छन् । अनि दिनभरि काम गरेपछि व्यक्तिको स्टामिना एकदमै कमजोर हुँदै जान्छ । स्टामिना बढाउनका लागि भोजनमा कार्बोहाइड्रेट्स, भिटामिन सी, प्रोटीन र आइरनको मात्रा भरपूर हुनुपर्छ । यहाँ हामी केही खानेकुराका बारेमा कुरा गर्दैछौं जसको सहायताले तपाईं शरीरमा आवश्यक तत्त्वको कमी पूरा गरेर स्टामिना बूस्ट गर्न सक्नुहुन्छ ।

बदाम:क्याल्सियम, फाइबर, प्रोटीन र पोटेसियमले भरपूर बदाम दिनदिनै सेवन गर्दा स्मरणशक्ति बढ्छ । यसबाहेक खाली पेटमा भिजाएको सातआठवटा बदाम खाँदा दिनभरि शरीरलाई ऊर्जा मिल्छ ।

मुँगको दाल:मुँगको दाल उमालेर वा अंकुरित गरेर खाँदा पनि स्टामिना बूस्ट हुन्छ । भिटामिन सी र बीले भरपूर मुँगको दाल सेवन गर्दा स्वास्थ्य गजबको हुन्छ ।

चुकन्दर रस:दिनदिनै चुकन्दरको रस पिउँदा मांसपेशीहरू बलिया हुन्छन् अनि शरीरलाई ऊर्जा पुग्छ ।

अंकुरित चना:बिहान नियमित रूपमा खाली पेट अंकुरित चना खाँदा दिनभरि शरीरमा ऊर्जा रहन्छ । तीस ग्राम टुसा पलाएको चना खाँदा शरीरमा प्रोटीन, भिटामिन र पोषक तत्त्वको कमी पूरा भएर स्टामिना बढ्छ ।

दाल:दिनभरि आफूलाई ऊर्जाशील राख्न चाहनुहुन्छ भने बिहानै दाल खाने गर्नुस् । यसले तपाईंलाई ऊर्जाशील बनाउनुका साथै पेटको रोगबाट पनि मुक्ति दिलाउँछ ।

पालुंगो:स्टामिना बढाउनका लागि पालुंगोको सूप, जुस वा सागपात सेवन गर्नु सबभन्दा राम्रो विकल्प हो । दिनबाट एकचोटि पालुंगोको सूप वा जुस पिउँदा घन्टौंसम्म ऊर्जा पाइन्छ ।

केरा:बिहान एउटा केरा खाँदा रोगप्रतिरोधक क्षमता बढ्छ र शरीरलाई ऊर्जा प्राप्त हुन्छ । यसबाहेक दिनमा सुस्तता आयो वा लो फील हुँदा जम्मा एउटा केरा खानुस् । सुस्तता भाग्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah