काठमाडौं । अभिनेता पल शाह र पल शाहसँग सम्बन्धित भनी आइरहेका समाचार र सन्दर्भप्रति नेपाल चलचित्र कलाकार संघले ध्यानाकर्षण भएको जनाएको छ । संघले शनिबार वि’ज्ञप्ति जारी गरी अभिनेता शाहको विषय, घ’टना र सन्दर्भ कानुनी उपचारमा रहेकाले त्यस सम्बन्धमा नेपालको कानुनले सम्बन्धित निकाय मार्फत निर्क्योल र निष्कर्ष निकाल्ने र दो’षीलाई स’जाय दिने भएकाले त्यो विषय र सन्दर्भमा चलचित्र क्षेत्र र कलाकारलाई दो’षारोपण गर्दै विभिन्न ला’ञ्छना लगाई वादवि’वादको सिर्जना गर्नु र एक आपसमा ला’ञ्छना लगाउनु दुः’खद रहेको ठ’हर गरेको छ।

संघका केन्द्रीय अध्यक्ष रवीन्द्र खड्का द्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘व्यक्तिगत जीवन,पेसा र व्यवसाय फरक फरक कुरा हुन । व्यक्तिको विषयलाई लिएर पेसा र व्यवसायलाई आक्षेप लगाउँदै फलानो चलचित्रमा फलानो छ भन्दै दो’षारोपण गर्नु खेदजनक छ । एउटा चलचित्रमा कलाकार मात्र हैन, अरू पेसाकर्मी र लगानीकर्ताको पनि महत्त्वपूर्ण भूमिका हुन्छ ।

चलचित्रमा काम गरेको एउटा व्यक्तिको विषयसँग चलचित्र,पेसा र व्यवसायलाई जोडेर चलचित्र क्षेत्रलाई ब’दनाम गराउने, जनमानसमा दु’ष्प्रचार गर्ने खालका क्रियाकलाप नगरी दिन हुन हामी सबैमा विनम्र अनुरोध गर्दछौँ । ’एक नाबालिका गायिकाले नायक शाहवि’रुद्ध ब’ला’त्का’रको मु’द्दा दा’यर गरेपछि शाहलाई प्रहरीले खाेजी गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय