पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको व्युरोक्रेसी विकासको विरोधी रहेको बताएका छन् । नएमाले वरिष्ठ नेतासमेत रहेका नेपालले विकासविरोधी कर्मचारीलाई कारबाही गर्दा प्रधानमन्त्रीविरुद्ध नै प्रहार गर्न खोजिएको अनुभव सुनाए ।

डोजर लगाएरै वन फडानी गर्न सघाउने एकजना जिल्ला वन अधिकृत (डिएफओ) लाई कारबाही गर्न वन विभागका डिजीलाई आफूले आदेश दिएको तर, ती डिजीले पत्रिकामा लेख लेखेरै प्रधानमन्त्रीको विरोध गरेको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वनतस्करहरुसँग मिलेर प्रधानमन्त्रीमाथि नै प्रहार गर्ने कर्मचारी कारबाहीमा पर्नुभन्दा पुरस्कृत हुने गरेको उनले सुनाए पूर्वप्रधानमन्त्री  नेपालले शान्तिप्रक्रियाअन्तर्गत अस्थायी लडाकु शिविरको अनुगमन गर्न खटिएको अनमिनले नेपालमा समस्या खडा माग गरेको बताएका छन् ।

 नेपालले शान्ति प्रक्रियालाई सहजिकरण गर्नुभन्दा बढाउने काममा अनमिनको भूमिका रहेको स्मरण सुनाए । कपिलवस्तुमा हतियार बोकेर सडकमा प्रदर्शन गरिरहेका माओवादी लडाकुलाई आफूले नियन्त्रणमा लिएर राख्न सशस्त्र प्रहरीलाई आदेश दिएलगत्तै अनमिनले लडाकुले कुनै गल्ती गरेका छैनन्, किन समतेको भन्दै प्रहरी कार्यालयमै पुगेको र आफूलाई समेत छाड्न दबाब दिएको उनले स्मरण गरे ।

लडाकुका सर्वोच्च कमान्डरसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले समेत टेलिफोन गरेर आफूलाई लडाकुले गल्ती गरे, एकपटकलाई छाडिदिनुस् भनेको तर, अनमिनले कुनै गल्ती छैन भनेर छाड्न दबाब दिएको उनले बताए ।सो घटनापछि आफू नेपालमा अनमिन राख्न हुँदैन भन्नेमा स्पष्ट भएकोसमेत उनले सुनाए ।नयाँ पत्रिका