राजपा नेपालका शीर्ष नेता महेन्द्र राय यादवले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आफूहरुको माँग पूरा गराउनको लागि गम्भिर भएको बताएका छन् ।

उनले यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डभन्दापनि हालका प्रधानमन्त्री देउवा मधेशको मुद्दा सम्बोधन गर्न सकारात्मक रहेको जिकिर गरे । प्रचण्डभन्दा देउवा राम्रा भन्दै राजपा निर्वाचनमा जाने उनको भनाई रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भने,“प्रधानमन्त्री देउवाजी हाम्रो माँग पूरा गराउन सकारात्मक हुनुुहन्छ, अब संशोधन प्रस्ताव निर्णयार्थ पेश गरेर अघि बढ्दा पनि हामीलाई आपत्ति छैन, प्रस्ताव फेल वा पास जे भएपनि हामी निर्वाचनमा जान्छौं ।”

त्यस्तै उनले प्रधानमन्त्री देउवाले आफूहरुले उठाएका राजनीतिक माँगहरु जस्तो झुठा मुद्दा फिर्ता, बन्दी रिहाई, सहिद घोषणा र घाईतेहरुलाई क्षतिपूर्ति तथा राहत जस्ता माँगहरु पनि क्याबिनेबाट छिट्टै टुँगो लगाउने तयारी गरिरहेको जनाए ।न्युज अभियान बाट सभार