एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै सरकार रहे पनि ‘एक चीन’ नीति नेपालको साझा अवधारणा रहेको भन्दै त्यसमा विश्वस्त रहन चिनियाँ सरकारका अधिकारीलाई आग्रह गर्नुभएको छ ।

तिब्वतको एक साताको भ्रमण सकेर शुक्रबार अपरान्ह स्वदेश फर्किनु भएका ओलीले नेपालको भूमी चीनका बिरुद्ध प्रयोग गर्न नदिनेसमेत विश्वास दिलाउनुभएको हो । ‘नेपालले एक चीन नीतिको साझा अवधारणा अवलम्वन गरेको छ । यो निरन्तर जारी रहन्छ’ विमानस्थलमा पत्रकारहरुसँग उहाँले भन्नुभयो, ‘चीनका जायज चासो र हितहरुलाई वा चीनका बिरुद्ध प्रयोग हुन नदिनेमा नेपाल एकमत छ । जोसुकै सरकारमा रहे पनि नेपाल सरकारको यो नीति जारी रहन्छ ।’

अध्यक्ष ओलीले तिब्वत स्वशासित क्षेत्रका सरकार प्रमुख, सिगात्से प्रिभेक्चर्सका चिनियाँ कम्युनिष्ट पार्टीका सचिव र जनकंग्रेसका नेताहरुसँग त्यहाँ रहँदा नेपाल–तिब्बत सम्बन्धका बिभिन्न पक्षका बारेमा छलफल गर्नुभएको थियो । ओली शनिबार तिब्बत भ्रमणमा जानुभएको थियो ।

वर्तमान कांग्रेस–माओवादी गठबन्धनले ‘एक चीन’ नीति विपरितका गतिबिधि गरेको भन्ने तर्फ संकेत गर्दै चिनियाँ अधिकारीहरुले त्यसबारे अध्यक्ष ओलीसँग कुरा उठाएपछि जवाफमा उहाँले चीन सरकारसँगको सम्बन्धमा नेपाल एकमत रहेको बताउनुभएको बुझिएको छ ।

आफ्नो सरकारको पालामा चीनसँग भएका सम्झौता र संयुक्त बक्तब्यमा उल्लेख भएका यातायात तथा पारवहन, रेल, सडक सबैलाई अघि बढाउनेबारेमा विस्तारमा छलफल भएको जानकारी ओलीले दिनुभयो । ‘रेल, बाटाघाटा र द्विपक्षीय सम्बन्धका अन्य विषयमा विस्तारका साथ छलफल भयो’ उहाँले भन्नुभयो, ‘केरुङमा पोर्ट बनाउने सम्बन्धमा पनि कुरा गर्यौं ।’

केरुङ–रसुवागढी नाकालाई विकास गरी अघि बढ्नेबारे भइरहेका प्रयासलाई तीब्र गतिमा अघि बढाउनेबारे गम्भीर छलफल भएको उहाँले जानकारी दिनुभयो । ‘केरुङमा पोर्ट बनाउने सम्बन्धमा कुरा गर्यौं । उहाँहरुले यतातर्फको चिन्ता नलिनुहोस्, तपाईहरुको त्यताकै तयारीमा लाग्नुहोस भन्नुभयो’ ओलीले भन्नुभयो, ‘चिनियाँ पक्षले यता केही गर्नुपर्छ भने पनि तयार छौं भनेको छ । त्यसका लागि दुबै पक्षबीच सहमति गरी अघि बढ्नु आवश्यक छ ।’ तिब्बत सरकार, त्यहाँको चिनियाँ कम्युनिष्ट पार्टी र जनकंग्रेस सबैले नेपाल र चीन–तिब्बत वीचको सम्बन्ध थप मैत्रीपूर्ण र फलदायी बनाउन तयार रहेको उहाँले बताउनुभयो ।

सिगात्सेबाट किमाथांका नाका दुई वर्षभित्र कालोपत्रे गरिसक्ने तिब्बत सरकारको योजना रहेको भन्दै नेपालले पनि त्यसका लागि आफ्नो तयारी अघि बढाउनुपर्ने बताउनुभयो । ‘उनीहरु सिगात्सेबाट किमाथांका सडक दुई बर्षभित्र कालोपत्रे गर्दैछन् । सिमानाको मितेरी पुल बनाउन चाहान्छन्’ उहाँले भन्नुभयो, ‘हामीले पनि हाम्रो तर्फको तयारी अघि बढाउनुपर्छ ।’

सिगात्से प्रिभेक्चरका अधिकारीहरुसँग खासा–तातोपानी नाकालाई खुलाउने सम्बन्धमा पनि छलफल भएको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘तातापानी खासा नाका सुचारु गर्ने सन्दर्भमा कुरा हुँदा त्यसको भौगोलिक अध्ययन भइरहेको  भन्ने जानकारी प्राप्त भयो । हामी त्यहाँको भौगोलिक अध्ययन गर्दैछौं । त्यहाँ भत्कने र पहिरो जाने जोखिम छ । त्यहाँबाट हामीले बस्ती हटाइसक्यौं । भौगोलिक अध्ययनपछि सुचारु गर्न मिल्ने रहेछ भन्ने गर्छाैं भन्नुभएको छ ।’

नीजि भ्रमणमा तिब्बतको ऐतिहासिक र धार्मिक यात्रामा गएको र त्यसैक्रममा तिब्बतको विकासलाई समेत नजिकबाट हेर्न पाएको ओलीले बताउनुभयो । तिब्बतको भ्रमण र त्यहाँ तिब्बती सरकारसँग भएका सबै द्विपक्षीय विकास र सम्बन्धमा विषयमा नेपाल सरकारलाई जानकारी गराउने ओलीले बताउनुभयो ।  चक्रपथ बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah