माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पार्टी विघटन गर्न सकिने बिकल्पबारे नेताहरुलाई सोच्न प्रस्ताव गरेको समाचार सार्वजनिक भएपछि नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा नयाँ वहस शुरू हुनसक्ने टिप्पणी गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो टिपपणी गरेका हुन् । उनले फेसबुकमा लेखेका छन् ‘माओवादी केन्द्रले आफैलाई विघटन गर्न तयार भएको हो भने नेपाली राजनीतिमा नयाँ वहस शुरू हुनसक्छ ।’

आफुले भनेको प्रचण्डले नमानेपछि माओवादी छाडेको उल्लेख गर्दै भट्टराइले लेखेका छन् ‘मैले २०७२ असोज ९ गते तत्कालीन एमाओवादी परित्याग गर्नुभन्दा एक दिन अगाडि असोज ८ गते प्रचण्डनिवास लाजिम्पाटमा गएर माओवादी आन्दोलनले आफ्नो ऐतिहासिक कार्यभार पूरा गर्यो त्यसैले अब पार्टीलाई विघटन गरेर नयाँ युगको नयाँ कार्यभार पूरा गर्न वैकल्पिक राजनीतिक अभियानमा लागौं भनेकै हुँ । प्रचण्डले त्यो नमानेपछि भोलिपल्ट मैले ५ स १) समतामूलक समृद्धि २) समावेसी समानुपातिक सहभागितामूलक लोकतन्त्र ३) सुशासन सदाचार ४) स्वाधीनता सार्वभौमिकता ५) समुन्नत समाजवादको अवधारणा अघि सारेर नयाँ शक्ति निर्माणमा अघि बढेको हुँ ।’

पूराना दलहरु ब्याज खाने प्रवृत्तिमा फसेको भट्टराईको आरोप छ । ‘नेपालका स्थापित पुराना शक्ति नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र अब पुराना आन्दोलनको ब्याज खाने ुसुदखोर राजनीतिुको दलदलमा नराम्ररी फसिसकेका छन् ।’

त्यस्तै भट्टराई सुरुमै लेखेका छन् ‘पानी धमिल्याएर माछा मार्ने चलन निकै पुरानो हो, भ्रमपूर्ण दुष्प्रचार गरेर राजनीतिक लाभ लिने दलहरूको प्रवृत्ति त्यसैको सिको हुनुपर्छ, माओवादी केन्द्र निकट केही मिडियाहरूले केही समय यता नयाँ शक्तिभित्र माकेसंग एकता गर्ने वहस चलेको मनगढन्त हल्ला चलाएर वैकल्पिक राजनीतिक धार निर्माणको महाभियानलाई कमजोर पार्ने षड्यन्त्र गरिरहेकाछन्, त्यो विल्कुल कपोलकल्पित र निराधार हल्ला हो, त्यसको भ्रममा नपर्न सबैलाई विनम्र आग्रह गरिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah