काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार २४ घण्टामा ६ हजार ३०६ जनाको पीसीआर परीक्षण ५९ जना र १ हजार ६४१ काे एन्टीजेन परीक्षण गर्दा ६ जनामा गरी ६५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आइतबार पीसीआर र एन्टीजेन परीक्षणबाट ६५ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।
त्यसैगरी, २४ घण्टामा १९२ जना संक्रमित निकाे भएका छन् । याे अवधिमा संक्रमणबाट कसैकाे पनि मृत्यु नभएकाे मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार अहिले देशभर ४ हजार ९१४ जना सक्रिय सङ्क्रमित रहेका छन्।



