
नेपाल र साउदी अरेबियाबीच सहकार्य सम्झौता भएको छ ।
मंगलवार परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउदबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय आपसी हितका सम्बन्धमा पनि छलफल भएको थियो ।
साउदी अरेबियाका राजकुमार सोमवार नेपाल आएका हुन् ।