बिज्ञान/प्रविधि

मोबाइल डाटा सबैभन्दा सस्तो बनाउँदै एनसेलले ल्यायाे गज्जबको नयाँ दैनिक जीबी प्याकहरू


  काठमाडौं   सवाल नेपाल   २०७८ चैत्र २, बुधबार २१:२८

काठमाण्डाै – एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाको अवसरमा मोबाइल डाटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डाटा प्याकहरू ल्याएको छ । यसका साथै कम्पनीले दैनिक जीबी डाटा प्याक अन्तर्गत सञ्चालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ ।

ग्राहकले अब करसहित एक सय २९ रुपैयाँमा सात जीबी अलटाइम डाटा प्याकको फाइदा लिँदै प्रतिदिन सात दिनसम्म एक जीबी डाटा प्रयोग गर्न सक्छन् । त्यसैगरी १४ जीबी अलटाइम डाटा प्याक एक सय ९९ रुपैयाँमा लिएर सात दिनसम्म दैनिक दुई जीबी डाटा प्रयोग गर्न सक्छन् ।

यी दुई दैनिक जीबी डाटा प्याक बाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै सञ्चालनमा रहेका डाटा प्याकहरूमा डाटा भोल्युम पनि बढाएको छ । यसअन्तर्गत ग्राहकहरूले पहिलेकै मूल्यमा थप भोल्युम सहितको डाटा प्याकबाट फाइदा लिन सक्छन् । भोल्युम बढाइएको डाटा प्याक अन्तर्गत ग्राहकले एक सय ६९ रुपैयाँमा १० दशमलव ५ जीबी डाटा खरिद गरी दैनिक १ दशमलव ५ जीबी डाटा सात दिनसम्म प्रयोग गर्न सक्छन् । पहिला यही शुल्कमा ग्राहकले दैनिक एक जीबीका दरले सात दिनसम्म सात जीबी डाटा पाइरहेका थिए ।

अलि धेरै डाटा भोल्युम चाहिने ग्राहकले अब दुई सय ६९ रुपैयाँमा २१ जीबी डाटा हरेक दिन तीन जीबीका दरले सात दिनसम्म प्रयोग गर्न सक्छन् । यसअघि ग्राहकले यही मूल्यमा १४ जीबी डाटा हरेक दिन दुई जीबीका दरले सात दिनसम्म पाइरहेका थिए । त्यसैगरी एनसेलका ग्राहकले अब पाँच सय ९९ रुपैयाँमा ४२ जीबी डाटाको फाइदा लिन सक्छन् जसअन्तर्गत ग्राहकले हरेक दिन २८ दिनसम्म १ दशमलव ५ जीबी डाटा प्रयोग गर्न सक्छन् ।

यी नयाँ तथा परिमार्जित प्याकहरू आज बुधवार (चैत २० गते) देखि सञ्चालनमा ल्याइएका हुन् । प्रिपेड ग्राहकले *१७१२३*१# डायल गरी प्राप्त निर्देशनअनुसार सेवा सुरु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइटमार्फत पनि यी प्याकहरू खरिद गर्न सक्छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार