दाङ, ३ चैत । दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित मावि प्रतापपुर अम्वासमा टिनको छाप्रोमा पढ्दै गरेका विद्यार्थी ।
कक्षा कोठा अभावमा विद्यार्थी यसरी टिनको छाप्रोमा पढिरहेका छन् ।
विगत ७ वर्षदेखि स्वास्थ्यको लागि डान्स नाराका साथ सञ्चालन गर्दै आएको हाम्रो साझा एरोविक डान्सले आज करिब एक सय जनाको उपस्थितिमा होली मनाएको हो । विगत ७ वर्षदेखि विहान ६ बजेदेखि विहान ७ बजेसम्म एक घण्टा निःशुल्क डान्स सञ्चालन हुँदै आएको छ । यो डान्सको सञ्चालन भने गृष्मा सुब्बाले गर्दै आएकी छिन् ।
उनले आज होली मनाउँदै गर्दा सबैमा शुभकामना व्यक्त गरेकी छिन् । आफूहरुले सञ्चालन गर्दै आएको निःशुल्क डान्सले सबै उमेर समूहकालाई प्रत्यक्ष लाभ पुगेको पनि उनको विश्वास छ ।
उक्त डान्स सेन्टरमा प्रमुख भने सन्तु चौधरी छन् भने सहायक प्रशिक्षकमा सरिता केसी छिन् । आगामी दिनमा साझा एरोविक डान्स निरन्तर सञ्चालन हुने भन्दै यसमा सहभागी भएर स्वास्थ्यलाभ लिन पनि आह्वान गरिएको छ ।