
अकबरे खुर्सानी सम्भबत नेपालको पिरो खुर्सानी अन्तर्गत पर्दछ होला , यसको खेति नेपालको पुर्बी पहाडी क्षेत्रमा बढी गरिन्छ भने हाल पश्चिमी पहाडी क्षेत्रमा समेत गरिदै आइएको छ | अकबरे खुसानी कुनै डल्लो , लाम्चो , चिल्लो , फुस्रे , सानु अनि ठुलो गरि विभिन्न प्रकारको हुन्छन | अकबरेलाइ विश्वको पिरो खुर्सानीको सुचिमा नबौ स्थानमा रखिएको देखिन्छ भने | पिरो को मतलब यसमा हुने क्यप्सिसिन को मात्रा धेरै छ भन्ने बुझिन्छ , विश्वमा क्यप्सिसिन को मात्रा स्कोभिल स्केल मा मापन गर्ने गरिन्छ |
गिनिज बुक अफ वल्ड रेकर्ड मा दर्ता गरिएको संसारको पहिलो पिरो खुर्सानी को सुचिमा भारत को उत्तर पुर्बी क्षेत्र बिसेष त आसम क्षेत्रमा पाइने नागा जोलोकिया वा भुत जोलोकिया जातको खुर्सानी जसमा १० लाख स्कोभिल स्केल युनिट (SHU ) मापन गरिएको छ भने नेपालको अकबरे को ५०००० देखि १००००० SHU मापन गरिएको छ |
Evans २००६ को अनुसार नेपालको अकबरे खुर्सानी को प्रयोग अस्ट्रेलिया को पश्चिमी प्रान्तको नोरो फिस क्यनिंग उद्योगमा चिल्ली टुना ( माच्छाको एक प्रकारको परिकार ) बनाउन प्रयोग गरिन्छ | अकबरेमा भिटामिन ए र सी को अलावा यसको प्रयोग ले उच्च रक्तचाप समेत घटाउन मद्दा गर्दछ भन्ने गरिन्छ | अकबरे प्राय सबै किसिमको हावापानीमा गर्न सकिन्छ | नेपालमा यसको ताजा उत्पादन को अलावा यस को पाउडर अनि पेस्ट आदि बनाइ विदेश निर्यात गर्न सकिने सम्भावना पनि उच्च रहेको छ |
बि स २०६५ /६६ मा यसको मूल्य उच्च रहेको थियो भने त्यसपछि बिस्तारै यसको मूल्य घट्दै गैरहेको देखिन्छ यसको मतलब यसको उत्पादन पनि बढ्दो छ भन्ने बुजिन्छ |
– राजेन्द्र देवकोटा