नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि एक लाख १९ हजार जना म्यादी प्रहरी भर्ना गर्ने भएको छ। भर्नामा पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिने कार्य विभागका एआईजी सहकुलबहादुर थापाले जानकारी दिए।

म्यादी प्रहरी भर्ना गर्दा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा काम गरी पेन्सन वा उपदान प्राप्त गरिरहेका पूर्वसुरक्षाकर्मीलाई पहिलो प्राथमिकता दिइने उनले बताए।

गृहमन्त्रालयले आसन्न स्थानिय निर्वाचनको सुरक्षाका लागि १० वर्षभित्र अवकाश भएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गोर्खा सैनिकलाई म्यादी प्रहरीका रुपमा खटाउने निर्णय गरेको छ। इच्छुक पूर्व सुरक्षाकर्मीलाई म्यादीको रुपमा खटाउनको लागि तालिम दिइराख्नु नपर्ने भन्दै मन्त्रालयले यस्तो तयारी गरेको हो।

सबै सुरक्षा निकायलाई चुनावी सुरक्षाका लागि योजना तयार गर्न भनिसकेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोख्रेलले जानकारी दिए। चुनावको सुरक्षाका लागि १० वर्षभित्र अवकाश भएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गोर्खा सैनिकलाई पनि खटाउने निर्णय भएको छ।

त्यस्तै देशभर १९ सय नगर प्रहरी रहेको विवरण गृह मन्त्रालयमा पुगेको छ । ‘उनीहरुलाई म्यादी प्रहरीभन्दा पनि छुट्टै रुपमा परिचालन गर्न सकिन्छ कि भनेर छलफल भइरहेको छ’ मन्त्रालय स्रोत भन्छ, ‘यससम्बन्धी निर्णय पनि केही दिनमा हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
babaslot
mimislot
palabraenpie.org
slot88